ओली भन्नुहुन्छ ‘एमालेकै कारण नेकपाको एकता टुट्यो’

ओली भन्नुहुन्छ ‘एमालेकै कारण नेकपाको एकता टुट्यो’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको तत्कालीन माधव नेपाल समूहको कारण नेकपाको एकता टुटेको दाबी गर्नुभएको छ । नेकपा एमालेभित्रको गुटबन्दीका कारण नेकपाको एकता निष्कर्षमा पुग्न नसकेको भन्दै उहाँले माधव समूहमाथि एकता बिरोधीको आरोप लगाउनुभएको हो ।

नवौँ महाधिवेशनदेखि एमालेमा हुर्कंदै गएको गुटगत सोचले नेकपाको एकता प्रक्रियालाई टुङ्गोमा पुर्याउन अवरोध खडा गरेको उहाँको भनाइ छ । एमालेको आसन्न विधान महाधिवेशनमा पेश गर्नका लागि छलफलमा ल्याइएको राजनीतिक प्रतिवेदनमा ओलीले यस्तो बताउनुभएको हो ।

प्रचण्डको सहयोगीका रुपमा एमालेका नेताहरुले भूमिका खेलेका कारण एकता प्रक्रिया धरापमा परेको प्रतिवेदनमा दाबी गरिएको छ । प्रतिवेदनमा भनिएको छ,‘एमालेका कतिपय नेताको भूमिका प्रचण्डका अस्वाभाविक महत्वाकांक्षालाई मलजल गर्ने,नाजायज मागलाई प्रोत्साहित गर्ने र एकतालाई असन्तुलित बनाउनेमा सहयोगी रह्यो । एकतालाई सही ढङ्गले निश्कर्षमा पुर्याउन एमालेको एकता अनिवार्य पूर्वशर्त थियो,तर कतिपय नेताहरुबाट यसलाई आफ्नो नेतृत्वलाई कमजोर गर्ने अवसरका रुपमा अगाडि ल्याइयो ।’

“पार्टीमा जवर्जस्ती अन्तरविरोध सिर्जना गर्ने,त्यहि अन्तरविरोधमा खेल्ने र सके पार्टी कब्जा गर्ने नभए विभाजित गर्ने प्रचण्डको प्रयोगात्मक प्रयासमा तत्कालीन माधव समूहका नेताहरु सहयोगी बनेको ओलीको आरोप छ ।”

ओलीको प्रतिवेदनमा पार्टी एकता टुङ्गोमा नपुग्नुमा तीन बुँदे समझदारीलाई पनि कारण देखाइएको छ । आन्दोलनका सकारात्मक पक्षलाई गोलबन्द गर्दै जनभावनाअनुसार कमिटी निर्माण गर्ने र सिङ्गो पार्टीलाई समृद्धिको संवाहक शक्तिका रुपमा विकास गर्ने आफ्नो प्रयास प्रचण्डसहितका नेताहरुको आलोपालो र भागबण्डाको राजनीतिका कारण सफल नभएको ओलीको जिकिर छ ।

अर्को पक्षले भने आफैँले गरेको तीन बुँदे सहमतिबाट ओली पछि हटेका कारण नेकपामा खटपट शुरु भएको र त्यसले विभाजनको बाटो लिएको आरोप लगाउने गरेको छ । सरकारको विरोध गरेर तत्कालीन नेकपाको प्रचण्ड–माधव समूहका नेताहरुले अस्थिरताको खेति गरेको ओलीको आरोप छ । महाधिवेशनसम्म सबै निर्णय सहमतिका आधारमा गर्ने विधि विपरित ओलीविरुध्द प्रचण्ड–माधव समूहले मोर्चाबन्दी गरेको प्रतिवेदनमा भनिएको छ । त्यसैगरी,कार्यकारी अध्यक्ष पाएपछि प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वार्टर बनाएको ओलीले आरोप लगाउनुभएको छ ।

पार्टीमा जवर्जस्ती अन्तरविरोध सिर्जना गर्ने,त्यहि अन्तरविरोधमा खेल्ने र सके पार्टी कब्जा गर्ने नभए विभाजित गर्ने प्रचण्डको प्रयोगात्मक प्रयासमा तत्कालीन माधव समूहका नेताहरु सहयोगी बनेको ओलीको आरोप छ । हाल एमालेमै रहेका तत्कालीन माधव समूहका नेताहरुमाथि पनि ओलीले आक्रामक टिप्पणी गर्नुभएको छ । आफ्नो नेतृत्वको सरकार गिराउन उनीहरुसमेत संलग्न भएको ओलीको आरोप छ ।

टिप्पणीहरू