एमालेमा भोलिको बैठकले के गर्ला ?

एमालेमा भोलिको बैठकले के गर्ला ?

एमाले केन्द्रीय कमिटी बैठक भोलि शुक्रवार बिहान ११ बजेबाट शुरु हुने भएको छ । असोज १५ देखि १७ सम्म काठमाण्डौमा हुने प्रथम विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुलाई अन्तिम स्वरुप दिन एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

बैठकले एमालेको हालै सम्पन्न स्थायी समिति बैठकबाट सुझावसहित पारित अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन,महासचिव इश्वर पोखरेलले प्रस्तुत गरेको सँगठनात्मक प्रतिवेदन र उपमहासचिव तथा सँगठन विभाग प्रमुख विष्णु पौडेलको विधान सँशोधन प्रस्तावलाई अन्तिम स्वरुप दिने छ ।

एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार केन्द्रीय कमिटी बैठकमा एमालेको जीवनलाई नै नयाँ स्वरुप दिने खालका दस्तावेजहरुमा गहन छलफल हुने छ ।

शुक्रवार र शनिवार दुई दिनको बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने छ ।

टिप्पणीहरू