ओलीले गर्नुभएन त्यो कुरालाई अस्वीकार

ओलीले गर्नुभएन त्यो कुरालाई अस्वीकार

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नवौँ महाधिवेशनको कटुता गुटवन्दीमा परिणत हुँदा पार्टी अहिलेको अवस्थामा पुगेको बताउनुभएको छ । आइतबारको स्थायी कमिटी बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा नवौँ महाधिवेशनको अस्वस्थता र कटुता समाप्त नहुँदा पार्टीमा गुटवन्दी मौलाएको दाबी गरिएको छ ।

असोज १५ देखि १७ गतेसम गोदावरीमा हुने विधान महाधिवेशनको तयारीका लागि ओलीले पेश गरेको प्रतिवेदनमा भनिएको छ,’नवौँ महाधिवेशनपछि पनि अस्वस्थता र कटुताका असर समाप्त हुन सकेनन् ।’

ओलीले गुटवन्दी बढ्नुमा प्यानलगत निर्वाचनलाई दोष दिनुभएको छ । प्रतिवेदनमा महाधिवेशनमा राजनीति प्रतिवेदन,संगठनात्मक प्रस्ताव र विधान सहमतिमै पारित भए पनि नेतृत्व चयन भने जटिल बनेको बताइएको छ ।

एमालेको तत्कालीन माधवकुमार नेपाल समूहले नवौँ महाधिवेशनले आफूहरुको लाइन पारित गरेपनि नेतृत्वमा भने ओली निर्वाचित भएको बताउने गरेको थियो । कम्युनिष्ट पार्टीमा जसको विचार उसैको नेतृत्व हुनुपर्ने कुरालाई जोड दिने गरिन्छ ।

तर, राजनीतिक तथा सांगठनिक प्रतिवेदन माधव समूहको अनि नेतृत्वमा ओली चयन भएकाले नै नवौँ महाधिवेशनपछि एमाले झन् बढी समस्यामा फस्दै गएको एकथरिको विश्लेषण छ ।

ओलीको प्रतिवेदनमा समेत घुमाउरो ढंगले त्यसलाई स्वीकार गरेको देखिन्छ ।

टिप्पणीहरू