क्रिकेटर साहिद अफ्रिदी भोलि नेपाल आउँदै

क्रिकेटर साहिद अफ्रिदी भोलि नेपाल आउँदै

पाकिस्तानका क्रिकेट खेलाडी शाहिद अफ्रिदी भोलि नेपाल आउन लागेका छन् । शनिबारदेखि हुने देशकै सर्वाधिक ठूलो क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग खेल्न उनी नेपाल आउन लागेका हुन् ।

कोरोना महामारीका कारण पटक पटक सरेको लिगको चौथो संस्करण आउँदो शनिबारबाट र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुँदै छ ।

इपीएलका यसअघिका संस्करणमा राष्ट्रिय खेलाडी सम्मिलित रहे पनि यसपटक अन्तर्राष्ट्रिय खेलाडीहरु समेत देखिने आयोजकले जनाएको छ । यसको लागि केही खेलाडी नेपाल आइसकेका र केही आउने क्रममा रहेको बताइएको छ ।यस पटकको इपीएलमा अफ्रिदी, जनक प्रकाश, र्यान बर्ल, रहमानुल्ला गुरबाज, अजमतुल्लाह ओमरजाई, ओसोदा फर्नाण्डो, साहन्दुन विराकोडी, मिक्यो र्दोजी, तमिम इकवाल खान, उपुल थारङ्गा वारुशाभिताने, धामिका प्रसाद गामागे, सर्विन मुनिआन्डी, रिचर्ड लेभी, साहन आरछिगे, असेला गुणारत्ने, केस्रिक विलियम्स, मोहोम्मद मोहमादी, करिम जनत, सेकुगे प्रसन्ना, भिरन्दीप सिंह, र्यान पठान, चन्द्रपौल हेमराज, सिकन्दर रजा र दिलशन मुनाविरालाई मैदानमा देखिने इपीएल व्यवस्थापन कमिटीले बताएको छ ।

काठमाण्डौं किङ्गस् इलभेन, पोखरा राईनोज, बिराटनगर वारिर्यस, चितवन टाइगर्स, भैरहवा ग्लेडिएटर्स र ललितपुर पेट्रोइट्स गरि ६ टोली खेलमा सम्मिलित रहने छन् । लिगको उद्घाटन खेलमा शनिबार काठमाण्डौं इलाभेन र ललितपुर पेट्रोइट्स खेल्ने छन् ।

टिप्पणीहरू