आजबाट सबैतिर अर्को खोप अभियान

आजबाट सबैतिर अर्को खोप अभियान

सरकारले आजबाट कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको नयाँ अभियान थालेको छ । आज बिहान १० बजेदेखि शुरु हुने खोप अभियान प्रत्येक दिन अपरान्ह ४ बजेसम्म हुनेछ ।

बाग्मती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय,स्वास्थ्य निर्देशनालयका अनुसार काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका,चन्द्रागिरी नगरपालिका,नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, टोखा नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंकरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन लागिएको हो ।यसअघि गत भदौमा पहिलो मात्रा लगाएका र दोस्रो मात्रा खोप लगाउन छुट भएकालाई पछिल्लो अभियानमा सहभागी हुन अनुरोध गरिएको छ । खोप लगाउनुअघि सबैले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको वेवसाइटमा अनिवार्य नाम दर्ता गर्नुपर्ने समेत बताइएको छ ।

टिप्पणीहरू