राष्ट्रपतिलाई कालो झण्डा देखाउन खोज्नेहरु समातिए

राष्ट्रपतिलाई कालो झण्डा देखाउन खोज्नेहरु समातिए

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालो झण्डा देखाउने तयारी गरिरहेको आशंकामा प्रहरीले केही व्यक्तिलाई वसन्तपुर डबलीबाट पक्राउ गरेको छ ।

आज इन्द्रजात्रा हेर्न बसन्तपुर जान लाग्नुभएकी राष्ट्रपति भण्डारीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा पजनसेवा प्रहरीले सामाजिक अभियन्ता भनिएका तारा बराल,विनोद शाह र वीरेन्द्र डंगोललाई पक्राउ गरेको हो ।

एक समूहले हिजो राष्ट्रपतिलाई कालो झण्डा देखाउने घोषणा गरेकाले शंका लागेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई प्रहरी परिसर टेकु लगिएको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

पक्राउ परेकाहरुबारे थप विवरण खुलाइएको छैन। उनीहरु राजावादी हुनसक्ने अनुमान गरिएको छ।

टिप्पणीहरू