सेटलमेण्टको सूत्र, नियम १० एक मात्र ?

सेटलमेण्टको सूत्र, नियम १० एक मात्र ?

सामान्यत सँसद प्रतिपक्षको र सभामुख सँसदको नेता मानिन्छ । यी दुई पक्षको कुशल समायोजन हुँदा सँसदको गरिमा नै उँचो हुने आममान्यता रहेको छ । तर नेपालको सँसदमा यी मुख्य शक्तिहरुवीच तालमेल नमिल्दा पछिल्लो नवौं अधिवेशन सुचारु हुनै सकेको छैन । एकथरि , सभामुखले आफ्नो दायित्व र जिम्मेवारी राम्ररी निर्वाह गर्न नसक्दा पछिल्लो अवस्था आइलागेको बताइरहेका छन् । अर्काथरिले प्रतिपक्ष अलि छिटो आक्रामक भएको आरोप लगाएका छन् ।

जडमा जे होला अहिले देशले यसअघि भोग्दै नभोगेको बजेट होलिडेको अवस्था आउनुका पछाडि भने सभामुख र प्रतिपक्ष बराबर जिम्मेवार रहेका छन् । सँसदको सबैभन्दा ठूलो दलसमेत रहेको मुख्य विपक्षी नेकपा एमालेलाई पाँच दल मिलेर पेल्ने अनि सत्ताबाट हटाएको रिस सँसदमाथि पोख्ने दुबै अतिवादी सोच हुन् ।

बालुवाटार,बालकोट र सँसदका तीनवटै सेनापतिले आ-आफ्ना जर्नेलहरुलाई सँसदको गतिरोध हटाउने विषयमा अनौपचारिक रुपमै भएपनि खटाएबाट अब केहि सकारात्मक परिणाम आउला कि भनेर अनुमान गर्न सकिन्छ ।

पछिल्लो सहजिकरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको चासो अलि बेसी नै देखिनु गाँठो फुकाउने क्रमको सकारात्मक पाटो हो । ठुल्ठूला घोचपेचवीच धिपधिपे दियो बालेको छ प्रतिनिधि सभा नियमावली २०७५ को नियम १० ले । उक्त नियमको उपनियम १ मा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रत्येक अधिवेशनको प्रारम्भमा बढिमा ७ जना सदस्य मनोनयन गर्न सकिने प्रावधान रहेको छ । नियमावलीमा उपनियम १ बमोजिम मनोनित सदस्यले सभामुखको जस्तै सबै अधिकार प्रयोग गर्न पाइने व्यवस्था छ । सभामुख अग्नि सापकोटाले सँसदको पहिलो दिन नै आफ्नो अनुपस्थितिमा बैठक सन्चालन गर्ने सदस्य मनोनयन गरिसकेका छन ।

नियम १० मा अध्यक्षता गर्ने सदस्यको मनोनयनको व्यवस्था छ । नियम १० को उपनियम १ मा सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रत्येक अधिवेशनको प्रारम्भमा बढीमा सात जना सदस्यलाई मनोनीत गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ । यस्तै उपनियम २ मा उपसभामुख तथा उपनियम १ बमोजिम मनोनित सदस्यले अध्यक्षता गरिरहेको बैठकमा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ ।

प्रतिनिधिसभा नियमावलीको सोही प्रावधान प्रतिनिधिसभा सन्चालनको विन विन र मध्यमार्गी व्यवस्थापन हुने नेताहरुले बताएका छन् । यसै प्रावधानबमोजिम प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका वार्ताकारहरु वीच अहिले अनौपचारिक वार्ता चलिरहेको बताइएको छ । साँझ ३ बजेसम्म अनौपचारिक वार्ताले सकारात्मक मोड लिए ५ बजेपछि औपचारिक वार्ता गरेर सँसदको गाँठो फुकाउने तयारी भएको बालकोट निकट श्रोतहरुले बताएका छन् ।

प्रम देउवा निकट श्रोतले पनि अनौपचारिक वार्ता भइरहेको तर के विषयमा भन्ने नबुझिएको बताए । प्रम देउवा निकट नेताहरु भन्छन्- गाँठो त फुकाउनै पर्छ र गाँटो फुकाउने बाटो वार्ता नै हो सोहिअनुसार वार्ता भइरहेका छन् ।

टिप्पणीहरू