किन गर्नुभयो केपी ओलीले अभिनेत्री करिश्मालाई फोन ?

किन गर्नुभयो केपी ओलीले अभिनेत्री करिश्मालाई फोन ?

अस्ति बेलुकी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नायिका करिश्मा मानन्धरलाई एकाएक फोन गर्नुभयो र सोध्नुभयो, ‘जाँच कस्तो भइरहेको छ ?’

अलि पहिलेकी चर्चित नायिका मानन्धर केपी ओलीको नामबाट फोन आएपछि आश्चर्यचकित बनिन् ।

शुरुमा उनलाई कसैले ओलीको नाममा आफूसँग मजाक गरिरहेको लाग्यो । तर,जब फोन उठाइन् उनलाई ओलीले आफू परिचित रहेको देखाउन पुरानो डुङ्गाको कथा सुनाइदिनुभयो । त्यसपछि मानन्धरलाई उही एमाले अध्यक्ष ओलीले फोन गरेकोमा कुनै शंका रहेन ।

त्यो कुरो उनले आफ्नो फेसबुक स्ट्याटसमा समेत लेखेकी छन् । त्यहि विषयलाई लिएर जनआस्थाले नायिका मानन्धरलाई हिजो दिउँसो सोध्यो, ‘किन गर्नुभएको रहेछ फोन ?’ उनको उत्तर छ, ‘मैले अस्तिदेखि दिइरहेको १२ कक्षाको जाँचको हालखबर सोध्न ।’

पूर्वप्रधानमन्त्री ओलीसँगको टेलिफोन वार्तापछि उहाँको प्रशंसा गर्दै मानन्धरले भनिन्, ‘हरेक राजनीतिज्ञलाई आफ्ना जनताको बारेमा चासो हुनुपर्छ,जो मैले उहाँमा देखेँ ।’ वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग तुलना गर्दै मानन्धरले भनिन्, ‘अहिले सत्तामा भएकाले पनि मलाई फोन गर्न सक्नुहुन्थ्यो तर,ओलीले सत्तामा नभए पनि जनताको ख्याल गरिरहनुभएको छ भन्ने लाग्यो ।’

यस्तै,ओलीले फोन गर्दा आश्चर्य चकित बनेकोबारे सोध्दा भनिन् ‘उहाँले मात्र नभई अरु कसैका हजुरबुवा,बुबा अथवा अभिभावकको रुपमा परिचित वा अपरिचित जो कसैले फोन गरेर बधाई दिए पनि खुशी हुने थिएँ ।’

टिप्पणीहरू