आज जताततै भेला र कार्यक्रम

आज जताततै भेला र कार्यक्रम

आज र भोलिको सार्वजनिक बिदाको उपयोग गर्दै विभिन्न राजनीतिक दल र संघ संस्थाले भेला, सम्मेलन, छलफलको कार्यक्रम राखेका छन् । आज धेरैजसो राजनीतिक कार्यक्रम रहेको देखिन्छ ।

जसअनुसार बिहान ११ बजे नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश सम्पर्क समन्वय समितिको प्रथम पूर्ण बैठक डाकिएको छ । कार्यक्रम इन्द्रेणी उत्सव हल, कोटेश्वरमा हुने बताइएको छ ।

साढे ११ बजे संविधान दिवसको उपलक्ष्यमा संविधान रक्षा र कार्वन्वयनमा वुद्धिजीवी एवम् पेशाकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आँगन पार्टी प्यालेस, इमाडोल, ललितपुरमा राखिएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा तारकेश्वर नगर भेलास्तरीय खेलकुद महासंघको कार्यक्रम हुने जनाइएको छ । कार्यक्रम कान्तिपुर एवी पार्टी प्यालेस, नेपालटारमा मध्यान्ह १२ बजे हुनेछ ।

माओवादी केन्द्रको चौंरीदेउराली ५, काठमाडौं सम्पर्क मञ्चले वडा भेला तथा सम्मेलन गर्ने जनाएको छ । मध्यान्ह १२ बजे हुने उक्त कार्यक्रम धन्यवाद पार्टी प्यालेस, नयाँ बानेश्वरमा हुनेछ ।

त्यसैगरी नेकपा (एमाले) चापाकोट–काठमाडौं सम्पर्क मञ्चले नगर सममेलन तथा कार्यकर्ता भेला केडिसि हस्पिटल, बसुन्धारामा साढे १२ बजे बोलाएको छ । नेकपा (एकीकृत समाजवादी) कैलाली–काठमाडौं सम्पर्क मञ्चले कार्यकर्ता भेला बोलाएको छ । कार्यक्रम आरआर क्याम्पस, प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुनेछ ।

त्यसैगरी, वाइसीएल गोकर्णेश्वर नगरपालिका ८ वडा कमिटीको भेला माकलबारीमा दिउँसो १ बजे राखिएको छ । एमाले गोराख काठमाडौ सम्पर्क मञ्चले पनि बृहत् कार्यकर्ता भेला तथा पालिकास्तरीय सम्पर्क मञ्च गठन कार्यक्रम राखेको छ । दिउँसो २ बजे छोरोल्पा पार्टी प्यालेस, बनस्थलीमा कार्यक्रम राखिएको हो ।

वीर गोर्खाली अभियानले आगामी कार्यक्रमको तयारी गर्ने जनाएको छ । उसले रहेका राजभक्तहरूसँग छलफल गरेर थप कार्यक्रम तय गर्ने जनाएको छ । कार्यक्रम ग्लोबल क्याफे शंखपार्क, महाराजगञ्जमा दिउँसो १ बजे बोलाएको छ ।

नेकपा (माओवादी केन्द्र) बारपाक, सुलिकोट गाउँपालिका–काठमाण्डौं सम्पर्क मञ्चले सम्मेलन गर्दैछ । अर्किड पार्टी प्यालेस, बनस्थलीमा दिउँसो २ बजे कार्यक्रम हुनेछ ।

उता अनेरास्ववियु मध्यपुर थिमी नगर समिति भक्तपुरले नगर सम्मेलन कार्यक्रम राखेको छ । नवत्न माध्यमिक विद्यालय मध्यपुर ठिमीमा दिउँसो ३ बजे कार्यक्रम रहेको बताइएको छ ।

नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका ८, इकाईले नयाँ क्रियाशील सदस्यता प्राप्त गरेकाको स्वागत कार्यक्रम राखेको छ । साथै १४ औं वडा अधिवेशनबारे पनि छलफल हुने भनिएको कार्यक्रम ओसिस पार्टी प्यालेसमा दिउँसो ३ बजे डाकिएको छ ।

वाइसीएल नेपाल सूर्यविनायक नगर कमिटीले सूर्यविनायक नगरको पूर्णबैठक तथा प्रशिक्षण कार्यक्रम योयो पार्टी प्यालेस, सूर्यविनायकमा दिउँसो ४ बजे राखेको छ ।

टिप्पणीहरू