कर्मचारी सँगठन फुटाउने बाटोमा गयो एमाले

कर्मचारी सँगठन फुटाउने बाटोमा गयो एमाले

एमाले अध्यक्ष केपी ओलीनिकटस्थ नेपाल निजामती कर्मचारी संगठनले भ्रम फैलाएको भन्दै माओवादीनिकट कर्मचारी संगठन आगो भएको छ ।

आफ्नै आन्तरिक किचलोमा फसिरहेको केदार देवकोटासमेत सम्मिलित संगठनले भोलि २ गते गर्न लागेको राष्ट्रिय भेलामा नेपाल राष्ट्रिय कर्मचारी संगठनका ५१ प्रतिशत कर्मचारी एकीकृत हुन लागेको अफवाह फैलाइएकोप्रति सो संगठनका अध्यक्ष हरिबहादुर रावलले आपत्ति प्रकट गरेका छन् ।

केदार देवकोटाहरुले पर्सि हुन लागेको ओली खेमानिकट कर्मचारी संगठनको भेलामा माओवादीनिकट कर्मचारी संगठनका महासचिव प्रभासप्रसाद साह र उपाध्यक्ष अम्बिका धमलासहित ५१ प्रतिशत कर्मचारी एकतावद्ध हुन लागेको

अफवाह फैलाएपछि माओवादीनिकट कर्मचारी संगठनले साइबर सेनाहरुले फैलाएको हल्लाका पछि नपर्न सम्पूर्ण राकसका केन्द्रीय,प्रदेश,जिल्ला,पालिका,इकाई कमिटीका पदाधिकारी तथा ट्रेड युनियनकर्मीहरुलाई आग्रह गरेको छ ।

ओली पक्षका कर्मचारी र साइबर सेनाद्वारा हल्ला फैलाइएका कर्मचारीद्वय प्रभास साह र अम्बिका धमलालाई संगठनविरुध्द गतिविधि गरेको भेटिएपछि यसअघि नै राकसले कारवाही गरेको थियो ।

संगठनले साधरण सदस्यसमेत नरहने गरी कारवाही गरेको दुई जनालाई प्रवेश गराउन खोजिएको तर नेराकसको ५१ प्रतिशत कर्मचारी एमाले निकट संगठनमा प्रवेश गर्ने भनेर हल्ला गरिएको प्रति संगठनका अध्यक्ष रावलले आपत्ति प्रकट गरेका हुन् ।

एक विज्ञप्ती जारी गर्दै उनले भनेका छन्,केही दिनदेखि श्रृंखलावध्द ढंगले श्रोत,साधन,सम्पत्ति र संख्याको उन्माद चढेको अर्थवादी ट्रेड युनियनका मतियारहरुबाट हाम्रो संगठनको आन्तरिक जीवनमा हस्तक्षेप हुने खालको भ्रमको श्रृजना गरिएको र संगठनसँग सम्बन्ध नै नभएका व्यक्ति र संख्याको हवाला दिएर गरिएको प्रचारबाजीप्रति घोर भर्त्सना गर्दछौं ।

ओलीनिकट कर्मचारी संगठनले पर्सि माधव नेपाल खेमाका कर्मचारीहरुलाई बाइपास गरेर भेला डाकेकोप्रति सो संगठनका महासचिव रेवन्त गौतमले विज्ञप्ती नै निकालेर विरोध जनाएका छन् ।

यस्तै नेपाली पेशागत आन्दोलनको जेठो संगठन नेपाल निजामती कर्मचारी संगठन विभाजनको मुखमा पुगेको भन्दै मंगलबार पूर्व अध्यक्षहरु मोहनकुमार केसी,सीताराम नेपाल,विश्वनाथ प्याकुरेल,भोलानाथ पोखरेल र निवर्तमान अध्यक्ष मोहन घिमिरेले विरोध गरेका छन् । उनीहरुले एक विज्ञप्ती जारी गर्दै संगठनलाई फुटको बाटोमा लाने गरी गरिने क्रियाकलाप संगठनमा आवद्ध कर्मचारी र पूर्व अध्यक्षहरुलाई सह्य नहुने बताएका हुन् ।

केपी ओलीनिकट मानिएका केदारप्रसाद देवकोटाको यो शैलीका कारण माधव नेपाल पक्षधर र एकता चाहने कर्मचारीहरु त आगो भएका थिए नै माओवादी केन्द्र निकटका कर्मचारीहरु पनि धुवाँ भएका हुन् ।

टिप्पणीहरू