छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

धादिङ र सिन्धुलीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।

धादिङको थाक्रे गाउँपालिका–७, सोप्याङखोलास्थित सडकमा ना.५ ख ८६४२ नम्बरको ट्रक ब्रेकफेल भई सडकबाट ८० मिटर तल खस्दा ट्रकमा सवार मकवानपुर थाहा नगरपालिका–१, बस्ने ४३ वर्षीय सुन्दर प्रधानको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङकै गल्छी गाउँपालिका ६, महेष दोभानस्थित सडकमा ना.५ ख ४८९५ नम्बरको मिनी ट्रकको ठक्करबाट पैदलयात्री स्थानीय ५५ वर्षीय प्रेम राईको आज बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको गल्छीको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । मिनि ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरि सिन्धुलीको सुनकोशी गाउँपालिका–५, मूलकोटस्थित सडकमा प्रदेश २–०३–०१४ प ३४८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक २६ वर्षीय अजमद अन्सारीको घटनास्थलमै मृत्यु भएको छ ।

टिप्पणीहरू