पितामह दाइ, सञ्चै !

नइको  पुरस्कार वितरण समारोहमा बिनासन्दर्भ कुनै बेला पारिजात प्रतिभा पुरस्कार पाएकी मुक्तक साम्राज्ञी उषा शेरचन दिदी कविता पाठ गर्न आइपुग्नुभयो र संबोधन गर्नुभयो, ‘आदरणीय पितामह सत्यमोहन जोशी दाइ !’ कति हाँस्नु दर्शकले ? दर्शकवृन्दमा खासखुस चलेको जनआस्थाले सुनिहाल्यो, ‘मुक्तक सम्राटचाहिँ को रहेछन् ?’

पुरस्कार पाउने तुलसी दिवस घुम्दै, फिर्दै कार्यक्रम सुरु भएको आधा घण्टापछि आम्रपाली बंैकेट आउनुभयो । पहिले हाँडीगाउँ भाटभटेनी क्षेत्रमै बसेका दिवसले आम्रपाली बैंकेट थाहा पाउनुभएनछ । दुई ठाउँ जाँदा नभेटेर तेस्रो चोटि फेला प¥यो । पुरस्कार  पाएपछि भन्दै हुनुहुन्थ्यो, ‘बाली लाएपछि खान त पाइन्छ नि ! मैले जोवनमा बाली लगाएँ, अहिले खान पाएँ । एक पैसा खर्च नगरी विदेश गएको छु, खर्च नगरी फर्केको छु, तीन चौथाइ विदेश त भ्याइसकेँ ।’

टिनिन्न घण्टी बज्यो, घण्टौँ भाषण गर्ने दिवस अँध्यारो मुख लाउँदै बस्नुभयो । उहाँको हाँमा हाँ थप्नुभयो वाङ्मय शताब्दी पुरुष जोशीले । उहाँचाहिँ ९५ वर्षमै शताब्दी पुरुष भएकोमा पाँच वर्ष ग्रेस पाएको भन्दै मक्ख देखिनुहुन्थ्यो । ‘अहिले ९८ वर्ष भएँ, अब दुई वर्ष जसरी पनि बाँच्नु छ’ भन्दै बस्नुभयो । कार्यक्रम सकिएपछि नइले बाँडेको पुस्तक लिन उता वरिष्ठ–कनिष्ठ सब साहित्यकारको लाठीचार्ज गर्नलायकको लाइन थियो । त्यो त्यही कार्यक्रम हो, जहाँ कमरेड प्रचण्डलाई सत्यमोहन जोशी पदक दिइने थियो र प्रलेसले विरोध नगरेको भए उहाँ नै प्रमुख अतिथि बन्दै हुनुहुन्थ्यो । कमल थापा प्रमुख अतिथि हुने भनिए पनि हेटौँडामा केन्द्रीय कार्यसमिति बैठक भएकाले दिलनाथ गिरी आए र पदक लिए, जोशीलाई वाङ्मय शताब्दी पदक दिलाएबापत । 

टिप्पणीहरू