एमाले अध्यक्ष ओलीले अब समाजसेवा गर्ने

एमाले अध्यक्ष ओलीले अब समाजसेवा गर्ने

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताले दुःख पाएको आफूले टुलुटुलु हेरेर बस्न नसक्ने भएकाले समाजसेवा केन्द्र खोल्न लागेको बताउनुभएको छ ।

रुपन्देहीको बृहत् कार्यकर्ता भेलालाई सम्वोधन गर्दै ओलीले आफू र आफ्नो दल सरकारमा रहे पनि वा बाहिर जहाँ भए पनि सँधै जनहितमा लागिरहने उल्लेख गर्नुभएको छ ।

तर त्यस विपरीत वर्तमान सरकार र उसको गठबन्धनले जनताको आशा र भरोसा तोड्ने काम गरेको आरोप उहाँले लगाउनुभएको छ । अहिलेको सरकार भूमि आयोग विघटन गरेर होस् या पूर्वाधारको बजेट कटाएर भए पनि जनताको खुशी छिनाल्न प्रयासरत रहेको ओलीले उल्लेख गर्नुभयो ।

आफूले भत्केको धरहरा र रानीपोखरीको पुनर्निर्माण गरेको तर अहिलेको सरकारले नभत्किएको घण्टाघर भत्काउने तयारी गरेको आरोप लगाउनुभयो ।

उहाँको ठहर छ, ‘हेर्दै जानुहोला घण्टाघर भत्काए भने त्यो बनाउन फेरि एमालेकै सरकार आउनुपर्छ । यिनीहरुले भत्काउलान् तर बनाउँदैनन् ।’

टिप्पणीहरू