वीरगञ्जमा अखिल क्रान्तिकारीका क्रान्तिकारी कुरा

वीरगञ्जमा अखिल क्रान्तिकारीका क्रान्तिकारी कुरा

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले अखिल क्रान्तिकारीका कार्यकर्ताले आजलाइ नभएर भोलिको निम्ति सोच्नु पर्ने बताएका छन ।

क्रान्तिकारीको पर्सा जिल्लाको छैठौं सम्मेलनमा बोल्दै तामाङले भोलिको सुन्दर संसारको सपना देख्न समेत क्रान्तिकारीका कार्यकर्ताहरुलाई आह्वान गरेका हुन् ।

तामाङले संगठनलाई अझ एकताबद्ध तुल्याएर अघि बढाउनुको विकल्प नभएकोतर्फ सबैले ध्यान दिनुपर्ने बताएका छन् । पार्टीमा किन विभाजन आयो भन्नेबारे सबैले बेलैमा मनन गर्नुपर्ने उनको सुझाव थियो ।

सभामा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजय महतो, पार्टीको प्रदेश नम्बर २ सभासद बाबुराम कौशिक, रामदरेश कुशवाहालगायतका नेताहरुले समेत आफ्ना धारणा राखेका थिए ।

टिप्पणीहरू