अखिल क्रान्तिकारीमा मण्डले प्रवृत्ति हावी भएको आरोप

अखिल क्रान्तिकारीमा मण्डले प्रवृत्ति हावी भएको आरोप

सत्तारुढ दल एकीकृत नेकपा माओवादी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उपत्यकास्तरीय एउटा सम्मेलनमा चर्को विवाद देखिएको छ । सम्मेलनमा जनवादको प्रयोग गर्न नपाइएको, माथिल्लो तहबाटट केन्द्रीयता लादिएको र संगठनभित्र मण्डले प्रवृत्ति हाबी भएको भन्दै एकथरि विद्यार्थी नेताहरुले असन्तुष्टी पोखेका छन् ।

अखिल क्रान्तिकारीको पूर्वाञ्चल विश्वविद्यालय उपत्यका जिल्ला कमिटीको हिजो भएको छैठौं सम्मेलनमा विधि र नितिभन्दा कथित केन्द्रीयता लादेर निष्ठावान कार्यकर्ताहरुलाई पाखा लगाउने काम भएकोमा एउटा समूहले रोष व्यक्त गरेको छ ।

क्रान्तिकारीको पूर्वाञ्चल विश्वविद्यालय कमिटी सदस्य समेत रहेका ज्ञानबहादुर लामा, सुमित थापा, अनिल थापा, विजय दाहाल, वसन्त रावतसहितका १६ जनाले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा सम्मेलनबाट नीति, विधि र प्रक्रिया मिचेर निर्वाचित भनिएको नेतृत्वलाई स्वीकार नगर्ने बताइएको छ ।उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपत्यका जिल्ला कमिटीको छैठौं जिल्ला सम्मेलनमा देखिएका अराजनैतिक, संगठनको विधान विपरित र मण्डले प्रवृत्तिबारे मञ्चमा आसिन प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथिहरु, अतिथिहरुले बुझ्नु नै भएको कुरो हो । यो मण्डले प्रवृत्तिबारे आमविद्यार्थीहरुले झन् प्रष्ट नै बुझेका छन् ।’

सम्मेलनमा पार्टी नेतृत्वले देखाएको मालिक र दास प्रवृत्तिबाट प्रस्तुत हुने व्यक्तिहरुलाई राम्ररी चिनिएको उल्लेख छ । नेतृत्वसहित बसेर गरिएको सहमति विपरित जिल्ला कमिटी गठन हुनुले नेतृत्वमाथि समेत प्रश्न उठेको उनीहरुले उल्लेख गरेका छन् ।

टिप्पणीहरू