८५ सहसचिव एकैपटक सरुवा

८५ सहसचिव एकैपटक सरुवा

देउवा सरकारले एकैपटक ठूलो संख्यामा सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

महिना दिनदेखि प्रक्रिया प्रारम्भ भए पनि केही बेरअघि सरुवा टुंगिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बसन्त अधिकारीले जनआस्थालाई जानकारी दिएका छन् ।

जानकारीअनुसार,प्रशासन सेवाको ५४,कृषि सेवाको १३,इञ्जिनियरिङ सेवाबाट ९,वन सेवाबाट ५ र शिक्षा सेवाबाट ४ जना सहसचिव गरी ८५ जना सह सचिव सरुवाको टुंगो लागेको हो ।

आज बेलुकासम्ममा सहसचिव सरुवाको सूची सार्वजनिक हुनेछ ।

टिप्पणीहरू