सीता भण्डारी हत्या प्रकरण : रातभर मान्छे ओहोरदोहोर (भिडियोसहित)

सीता भण्डारी हत्या प्रकरण : रातभर मान्छे ओहोरदोहोर (भिडियोसहित)

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भदौ १९ गते एक जना विवाहित महिलाको रहस्यमय मृत्यु भयो । मृत्यु भएको रात कैयौंपल्ट घरपरिवारका सदस्यहरु ओहोरदोहोर गरेको भिडियो हालै सार्वजनिक भएको छ ।

सिसिटिभी क्यामेरामा कैद भएको दृश्यमा मृतक भण्डारी माइतबाट आएदेखि उनको घरमा आफन्तलगायतका केही व्यक्ति रातभर भित्र र बाहिर गरेको प्रष्ट देखिएको छ ।

चाडपर्वको समय भए तापनि घरमा आएका पाहुना मध्यरात निस्कनु र पटक पटक प्रवेश गर्नुले घटनालाई थप शंकास्पद बनाएको बताइन्छ ।

माइती पक्षले हत्या गरिएको व्यहोरासहित किटानी जारी दिँदा पनि प्रहरीले भने आत्महत्या भन्दै आएको पारिवारिक स्रोतले बताएको छ । हालै सावर्जनिक भएको उक्त भिडियोमा अर्को दिन मृतक सीताका बुवाआमा आउँदासम्मको दृश्य समेटिएको छ ।

टिप्पणीहरू