देउवाबाट हामीलाई पाखा लगाउने काम भयो : रामचन्द्र पौडेल

देउवाबाट हामीलाई पाखा लगाउने काम भयो : रामचन्द्र पौडेल

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकमा आज आयोजित कार्यक्रममा बोल्दै पौडेलले उक्त भनाइ राख्नुभएको हो ।

उहाँले आफू पक्षका नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भएको छ । वडा अधिवेशनहरु भयो भनेर नाटक रच्ने काम पनि नेतृत्वबाटै भएको पौडेलको दाबी छ । उहाँले भन्नुभयो, ‘यसलाई मानिँदैन ।’

वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्ने काममा समेत सर्वत्र धाँधली गरिएको आरोप समेत लगाउनुभएको छ । उहाँले पार्टीको आगामी महाधिवेशनबाट सही नेतृत्व चयन गर्नेगरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।

टिप्पणीहरू