नक्कली सर्जिकल सप्लायर्सले पठाएको सामान कति सक्कली ?

नक्कली सर्जिकल सप्लायर्सले पठाएको सामान कति सक्कली ?

आफूलाई सर्जिकल सामग्री सप्लायर्सको परिचय दिँदै ठगी गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–४, बागडोल बस्ने ४२ वर्षीय सरल रानालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
रानाले आफू भारत पञ्जाबस्थित म्याड्रिड ह्युज हेल्थ केयर कम्पनीको नेपाल प्रतिनिधि भएको परिचय दिँदै हिँडेका थिए । उनले विभिन्न साइजका सर्जिकल ग्लोब्स (पञ्जा) उपलब्ध गराइदिने भन्दै दुई जनालाई बैंक अफ इण्डिया मालीगुडीको खातामा ४२ लाख २४ हजार रुपैयाँ जम्मा गर्न लगाए ।

तर,उनीहरुले अर्डरबमोजिमको सामान प्राप्त नभएपछि रानामाथि आशंका गरे । उक्त कम्पनीले १ सय वटा पञ्जा भएको आठ हजार बक्स सामान पठाइदिने भनेकोमा साइज,परिमाण र लेबल नभएको गुणस्तरहीन ५० थान पञ्जा भएको बक्स पठाएको थियो ।

त्यहि आधारमा पक्राउ परेका रानालाई अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू