जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादीहरु धमाधम पक्राउ

जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादीहरु धमाधम पक्राउ

जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी प्रहरीको फन्दामा परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४१ वर्षीय बल्ला भन्ने रजावुल मियालाई प्रहरीले आज पक्राउ गरेको छ ।

२०६८ असार ३० गते उच्च अदालत बिराटनगरले मियालाई १४ वर्ष ५ महिना १२ दिन कैद सजाय र ६४ हजार ५ सय रुपैयाँ जरिवाना तोकेको थियो । कैद र जरिवाना ठहर भई फरार उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले उनकै घर ठेगानामा पक्राउ गरेको हो ।

२०६४ भदौ १५ गते राति पीडितलाई डर त्रास देखाई जबरजस्ती करणी गरेर सुनलगायतका बहुमुल्य गहना समेत लुटेर फरार रहेको उनी करिब १० वर्षपछि पक्राउ परेका छन् ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङ पठाइएको छ ।

टिप्पणीहरू