तराईमा जताततै नक्कली नोट

तराईमा जताततै नक्कली नोट

बारा र रौतहटबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका ८ स्थित तारा इन होटलबाट १ हजार दरको २५ थान नक्कली नोटसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको कलैया घर भएका २४ वर्षीय सागर शुक्ला, २५ वर्षीय राजु कुशवाहा, करैयामाई घर भएका ३६ वर्षीय विश्वेश्वर चौधरी, रौतहटको गुजरा नगरपालिका घर भएका २३ वर्षीय सुनिलकुमार राम र रंगपुर घर भएका रविन्द्र चौधरी छन् ।

जाली नोटसहित पक्राउ परेकाहरुको मोटरसाइकल र स्कर्पियो गाडी समेत बरामद गरिएको छ । अनुसन्धानको क्रममा सुनिलकुमार रामले रौतहटस्थित आफ्नो घरमा नोट तयार गर्ने कटिङ्ग कागजहरू भएको बताएका थिए ।

इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी तलासी गर्दा बोराभित्र कार्टुनमा राखेको अवस्थामा १ हजार दरको नोट आकारमा कटिङ्ग गरी रबरले बाँधेको अवस्थामा प्रति १ सय थानको ९३ मुठ्ठा कागज, १ हजार दरको ३९ थान नेपाली रुपैयाँ समेत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

टिप्पणीहरू