३ करोड फिरौतीको माग गर्दै बम राखिएको खुलासा

३ करोड फिरौतीको माग गर्दै बम राखिएको खुलासा

पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा बम राख्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिड घर भई फुटुङ बस्ने वर्ष २५ को आशिष कुँवर, उनको २० वर्षीय भाई अभिषेक कुँवर र रोल्पा कुरेलीका ४० वर्षीय अम्मरबहादुर रोक्का मगर रहेका छन् ।

उनीहरुले गत बिहीबार अस्पतालको शौचालयमा बम राखेका थिए । साथै उनीहरुले अस्पतालका एक जना डाक्टरको घरमा बम राखेर ध्वस्त पारिदिने भन्दै ३ करोड रुपैयाँ फिरौती मागेका थिए ।

त्यहि तीन करोड रुपैयाँ लिन जाने क्रममा महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुलाई नागढुंगाबाट पक्राउ गरेको हो । अहिले तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू