सोम र शारदाको मुध्दा मीरा श्रीमानकोमा

सोम र शारदाको मुध्दा मीरा श्रीमानकोमा

एमाले सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एस रोज्न पाऊँ भनी दायर गरेको रिट न्यायाधीश मीरा खड्काको इजलाशमा परेको छ ।

नेकपा समाजवादीमा सनाखत गर्न जाँदा निर्वाचन आयोगले म्याद कट्यो भनेपछि बिचल्लीमा परेका पाण्डे र भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गराउन माग गर्दै सर्वाेच्च पुगेका थिए ।

सो रिटमाथि आज सुनुवाई हुँदैछ । उक्त रिट पेशीका लागि न्यायाधीश खडकाको बेञ्च २ नम्बर इजलाशको चौथो नम्बरमा परेको छ । सांसदद्वय पाण्डे र भट्टको रिट यसअघि दुई पटकसम्म पेसी चढेर हेर्न नभ्याइएका कारण आजका लागि सरेको हो ।

टिप्पणीहरू