आगामी साता मन्त्रिमण्डल बिस्तार,समाजवादीको कम्तिमा ६ मन्त्री र उपसभामुख

आगामी साता मन्त्रिमण्डल बिस्तार,समाजवादीको कम्तिमा ६ मन्त्री र उपसभामुख

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बुधबारभित्र मन्त्रिमण्डल बिस्तार गर्न लाग्नुभएको छ । गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डाबारे सहमति भएपछि उक्त सम्भावना बढेको हो ।

हिजो बालुवाटारमा भएको सहमतिमा नेकपा एकीकृत समाजवादीले ५ मन्त्रालय र ६ जना मन्त्रीको जिम्मेवारी पाउने भएको छ । संघीय मन्त्रिपरिषद्मा २२ वटा मन्त्रालय र ३ वटा राज्यमन्त्री गरेर बढीमा २५ जनाको क्याबिनेट बनाउन सकिन्छ । अथवा २५ जना नै मन्त्री बनाउन पनि सकिने कानुनी व्यवस्था छ ।

छलफलमा नेकपा एकीकृत समाजवादीलाई ७ वटा मन्त्रालय दिनेसम्मको चर्चा भएको बताइन्छ । बैठकमा यसबीच नेकपा एकीकृत समाजवादी दल गठन नभएको भए हालको सरकारको कल्पना पनि सम्भव नभएकाले उसलाई ७ वटा मन्त्रालयको जिम्मेवारी दिनुपर्ने आशयले कुरो उठेको बताइन्छ ।

तर,निश्कर्षमा मन्त्री ६ वटा र उपसभामुख पनि समाजवादीलाई दिनेगरी कुरो अघि बढेको स्रोतको दाबी छ । त्यसो भएमा नेकपा एकीकृत समाजवादीमा रहनुभएकामध्ये मधेशी समुदायकी महिला साँसदहरुमध्येबाट एक जना उपसभामुख हुन सक्ने सम्भावना बढेको हो ।

त्यसो हुँदा उक्त पार्टीबाट माननीय पुष्पा कर्ण वा सरला यादवमध्ये एक जना उपसभामुख बन्ने सम्भावना छ ।

टिप्पणीहरू