ज्यापू समाजले तीन वटा झण्डा ठड्यायो

ज्यापू समाजले आज आफ्नो दशौं महाधिवेशन तथा २८ औं वार्षिकउत्सव मनाउँदै छ । समाजले सोको अवसर पारेर झण्डा उत्तोलन समारोह सम्पन्न गरेको हो ।

आज ललितपुर महानगरपालिका ९ च्यासलस्थित ज्यापू प्रज्ञा भवनमा बिहान करिब सवा ११ बजेदेखि बार्षिक अधिवेशनको कार्यक्रम गर्दै ज्यापू समाजको प्राङ्गणमा रहेका झण्डाहरु ठडाइएको हो ।

समाजको दशौं महाधिवेशन तथा २८ औं बार्षिक अधिवेशनको अवसर पारेर राष्ट्रिय ज्यापू समाज र नेवा: समाजका गरी तीन वटा झण्डा ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन,ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र नेकपा समाजवादीका सांसद कृष्णलाल महर्जनको उपस्थितिमा ठडाइएको बताइएको छ ।

टिप्पणीहरू