प्रहरीमा गृहमन्त्रीका खास,४१ जना पास,लोकसेवा आयोगको उठिबास

प्रहरीमा गृहमन्त्रीका खास,४१ जना पास,लोकसेवा आयोगको उठिबास

नेपाल प्रहरीले अस्ति बुधवार ५ हजार २ सय २७ जना सिपाहीको लिखित तथा अन्तर्वार्तामा उत्तिर्ण नतिजा सार्वजनिक गरेको छ । खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार प्रतिस्पर्धामा भिडेर उनीहरुले नाम निकालेको स्वयम प्रहरीले बुधबार जारी गरेको सूचनामा समेत उल्लेख छ ।

तर,प्युठानका काँग्रेस उपसभापति बद्री लम्सालले आफ्नो फेसबुक पेजमा हिजो उक्त परीक्षामा आफ्नो अनुरोध र गृहमन्त्री बालकृष्ण खाँणको सिफारिसमा ४१ जनाको नाम निकालिएको सगर्व लेखेका छन् ।खुल्ला प्रतिस्पर्धामा छनौट भएका भनिएका ती प्रहरीमध्ये कति जना ठूलाबडा क–कसको सिफारिसमा परेका हुन् भन्ने विषयलाई पनि लम्सालले छर्लङ्ग बनाइदिएका छन् ।

नाम सबै सामाजिक सञ्जालमा छरपष्ट पारिदिँदा तिनको भविष्य के होला ? अनि तिनले कस्तो शान्ति,सेवा,सुरक्षणम कायम गर्लान् ?

गृहमन्त्री खाँण निकट मानिएका उपसभापति लम्सालले चुनावी दाउपेचको लागि सहयोग पुर्याउने उद्देश्यसहित आफ्नो सिफारिसमा उत्तिर्ण भएका भनिएका व्यक्तिको नाम सबै सामाजिक सञ्जालमा छरपष्ट पारिदिँदा तिनको भविष्य के होला ? अनि तिनले कस्तो शान्ति,सेवा,सुरक्षणम कायम गर्लान् ?

नेपालको संविधान २०७२ लागु भएपश्चात् सबै संगठित संस्थाको लिखित तथा अन्तरवार्ता परीक्षा लोकसेवा आयोगको प्रत्यक्ष सहभागितामा मात्र हुने व्यवस्था छ ।

तर,नेपाल प्रहरीमा हालै भएको सिपाहीको परीक्षामा खुलमखुल्ला काँग्रेस नेताले आफ्नो अनुरोध र गृहमन्त्रीको सिफारिसमा ४१ जनाको नाम उत्तिर्ण गराएको जनाउनुले निष्पक्ष भूमिकामा रहनुपर्ने संवैधानिक अंगको समेत धज्जी उडेको छ ।

टिप्पणीहरू