फातिमा र माधव नेपालबीच सिंहदरबारमा भेटघाट जारी

फातिमा र माधव नेपालबीच सिंहदरबारमा भेटघाट जारी

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवन नं. १ को अन्तराष्ट्रिय सम्बन्ध समितिको सभापतिको कार्यकक्षमा अध्यक्ष नेपाल र उपाध्यक्ष फातिमाको ११ सदस्यीय टोलीबीच भेटवार्ता भएको हो । साँझ साढे ५ बजेदेखि भेटघाट जारी रहेको बताइएको छ । अमेरिकी टोली ६ र नेपाली टोली ५ सदस्यीय रहेको छ ।

भेटवार्तामा अध्यक्ष नेपालसँगै एकीकृत समाजवादीका नेता प्रमेश हमाल पनि सहभागी छन् भने एमसीसीको टोलीमा उपाध्यक्ष फातिमासँगै सहअध्यक्ष जोनाथन ब्रुक्स रहेका छन् ।

नेपालमा एमसीसी सम्झौतालाई लिएर चर्को विरोध भैरहेका बेला नेपाल भ्रमणमा रहेको एमसीसी टोलीले आजै प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी ओलीसंग पनि भेटवार्ता गरेको थियो ।

आज बिहान काठमाडौँ आइपुगेको फातिमासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा,उर्जामन्त्री पम्फा भुसाल लगायतलाई पनि भेट गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू