कोरोनाको संक्रमणदर घट्दो, निको हुनेको संख्या बढी

कोरोनाको संक्रमणदर घट्दो, निको हुनेको संख्या बढी

नेपालमा कोरोना संक्रमित र मृतकको संख्या लगातार ओरालो लागिरहेका बेला गत २४ घण्टामा १४ जना संक्रमित बिरामीले ज्यान गुमाएका छन् । गत २४ घण्टामा उक्त संख्यामा कोरोनाका संक्रमित बिरामीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

त्यस्तै, २४ घण्टाको उक्त अवधिमा १ हजार २ सय ७१ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार सो अवधिमा ८ हजार ८ सय ९८ जनामा पीसीआर तथा ३ हजार ४६ जनामा एन्टिजेन गरी ११हजार ९ सय ४४ जनामा परीक्षण गरिएकोमा एक हजार २७१ जना पोजेटिभ भेटिएका हुन् ।

यहि अवधिमा १ हजार ८४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्राप्त पछिल्लो विवरणअनुसार मुलुकभर अझै पनि २८ हजार ६ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू