एमाले विभाजनको असर : कर्मचारी र पेशागतमा भरमार

एमाले विभाजनको असर : कर्मचारी र पेशागतमा भरमार

नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादीको गठन र त्यसमा जनप्रतिनिधिहरु प्रवेश गर्ने क्रम नरोकिए पनि एमाले फुटको असर पेशागत संगठनमा खासै नपरेको बताइएको छ । विशेषगरी पेशागत र कर्मचारी संगठनको राष्ट्रिय समिति र केन्द्रीय समितिमा ओली खेमाको उपस्थिति कमजोर रहेको स्रोतले बताएको छ ।

स्रोत भन्छ, ‘तल तल अलि अलि परेको छ,माथितिर देखिएको छैन ।’ एमाले स्रोतले नेता माधवकुमार नेपाल निकट समूहको बहुमत रहेको पेशागत महासंघबाट ओली समूहले छुट्टै टोली बनाएर अघि बढेको बताएको छ ।

पेशागत महासंघबाट छुट्टिएर ओली खेमाद्वारा बनाइएको नयाँ महासंघको अध्यक्षता बाबुराम थापाले गर्नुभएको छ । थापा पहिले शिक्षक महासंघको अध्यक्ष हुनुहुन्थ्यो । स्रोतका अनुसार यता पार्टी विभाजनको असर भूगोलमा जस्तो ठूलो परेको छैन । कर्मचारी र अन्य पेशागत संघ र संगठनमा आवद्ध कर्मचारी तथा पेशाकर्मीले तत्काल प्रतिक्रिया नदेखाउने भएकाले पनि भूगोलमाझैँ पार्टी विभाजनको असर नदेखिएको हो ।

एमाले निकट कर्मचारीहरुले भनेका छन्, ‘महासंघ फुटाउन शुरु गरिएको छ । अब बिस्तारै त्यसभन्दा मुन्तिरका कमिटी गठन हुन थालेपछि मात्र फुटको असर थाहा हुनेछ ।’ नयाँ महासंघमा थापा,देवराज कार्की र निजामतीका केदार देवकोटालगायतको सहभागिता रहेको बताइन्छ ।

यसअघि पनि निजामती कर्मचारी संगठनमा लामो समयदेखि दुई फ्याक देखिएको थियो । एकातिर मोहन घिमिरे र भोला पोखरेल थिए भने अर्कातिर केदार र पुण्य ढकालले आफ्नो समूहलाई अघि बढाएका हुन् । निजामतीमा कर्मचारीहरु दुई समूहमा विभाजन भएको वर्षौं भएकाले पार्टी विभाजनको असर पेशागत महासंघमा चाहिँ नपर्ला भन्न सकिन्न ।

टिप्पणीहरू