एमालेको बिभाजन बिबाद फेरि प्रधान न्यायाधीशकैमा

एमालेको बिभाजन बिबाद फेरि प्रधान न्यायाधीशकैमा

एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले फेरि आफ्नै इजलास तोकेका छन् । रिट सुनुवाईका लागि पूर्ण इजलाशको आठौं नम्बरमा पेशी चढेको छ ।

गत १६ साउनमा निर्वाचन आयोग,प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र नेकपा समाजवादीका १४ सांसदविरुध्द सर्वोच्च अदालतमा वारेसमार्फत दायर रिटको सुनुवाईका लागि यस अघि सोमवार प्रधान्यायाधीश चोलेन्द्रसमशेर जबराले आफ्नै इजलासमा तोकेर हेर्न नभ्याइएका कारण आजका लागि पेसी सरेको थियो । ओलीले दायर गर्नुभएको रिटमा तत्कालीन एमालेले १४ सांसदलाई सिफारिस गरे पनि कारबाही नगरेको भन्दै सभामुख अग्नि सापकोटा,कारबाहीका लागि सिफारिस गरिएका १४ सांसदको सनाखत गरी पार्टी विभाजन गरेको भन्दै निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णप्रसाद घर्तीविरुद्ध पनि सांसद अजय शाही र विमला वलीलाई कारबाही नगरेको भन्दै उत्प्रेषण वा परमादेश मागिएको थियो ।

ओलीले दायर गर्नुभएको रिटको यसअघि न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेशी तोकिएर बेन्च बस्न नभ्याएको कारण अस्ति सोमबारका लागि पेशी सरेको थियो ।

गत सोमबार प्रधानन्यायाधीश राणाकै इजलाशमा पेशी तोकिए पनि संयुक्त इजलाशमा प्रधानन्यायाधीश राणा व्यस्त भएका कारण हेर्न नभ्याई आजका लागि पेशी सरेको हो ।

टिप्पणीहरू