कमरेडको भेलामा हेपियो कोरोनालाई

कमरेडको भेलामा हेपियो कोरोनालाई

हिजो वीरगञ्जमा सम्पन्न एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलाले स्वास्थ्य मापदण्डलाई गिज्याएको छ । एमाले पर्सा जिल्ला कमिटीको उक्त भेलामा प्रमुख अतिथि भने पूर्व परराष्ट्रमन्त्री तथा एमाले सचिव प्रदीप ज्ञवाली हुनुहुन्थ्यो ।

२५ जनाभन्दा बढी मानिस एक ठाउँमा भेला गर्न नपाइने,स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने सरकारी उर्दी भए पनि वीरगञ्जको भेलामा ठेलमठेल र भीड देखिन्थ्यो । अधिकांशले भौतिक दूरी कायम गरेको देखिँदैन भने अनुहारमा मास्क समेत लगाएका छैनन् ।

कोरोना महामारीबाट जनता आक्रान्त बनेको बेला प्रमुख अतिथि ज्ञवाली,नेताहरु ज्वाला साह, राजकुमार गुप्ता,अर्जुन मैनालीले भने चर्को सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमस्थलको सुरक्षामा खटिएका एक जना प्रहरीले भने, ‘कार्यक्रमबाट कति जना संक्रमित भए होलान्,त्योचाहिँ थाहा पाउन पाए हुन्थ्यो ।’

टिप्पणीहरू