​गंगाको मन गहु्रुँगो कि चंगा

इटालीमा तालिमरत डिएसपी गंगा पन्त विभागीय कारबाहीको घेरामा परेकी छन् । पन्तले शेरबहादुर देउवाले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गराउँदा फेसबुकमा ‘रिप’ अर्थात् मृतात्माको शान्तिको कामना जनिने प्रतिक्रिया लेखेकी थिइन् ।

लिखित चेतावनीमार्फत विभागले सामाजिक सञ्जालमार्फत बाह्य प्रभाव नबढाउन उनलाई चेतावनी दिएको छ । यसबीच यो महिना ट्राफिक नियम उल्लंघन गरेबापत कारबाही भोग्नेमा एक पूर्व राजदूत र दिवंगत चलचित्र नायक श्रीकृष्ण श्रेष्ठकी पत्नी तथा अभिनेत्री श्वेता खड्का पनि परेका छन् । मदिरा सेवन गरी सवारी हाँकेपछि कारबाहीमा परेका राजदूत १ हजार जरिवाना तिरेर छुटेको हप्ता दिनभित्रै दोस्रोपटक सडक लेन उल्लंघन गर्दा क्लास लिनेमा परेका हुन् । अभिनेत्री खड्का पनि सडक लेन उल्लंघनमै परेकी छन् ।

एआइजीमा भने ठूलो टक्कर परिरहेको छ । एआइजीको संख्या तीनमै अडिने कि प्रदेशको हिसाबले सात पु¥याउने भन्ने बहस पनि चलि नै राखेको छ ।

– मधु चालिसे

टिप्पणीहरू