सरकारको विज्ञप्तिमा ‘धम्कीको’ भाषा

सरकारको विज्ञप्तिमा ‘धम्कीको’ भाषा

पछिल्लो समय अमेरिकी सहयोग नियोग एमसीसी र जयसिँह धामी प्रकरणको बिरोधमा सर्वसाधारण सडकमा उत्रिन थालेपछि सरकारले नागरिकलाई बिरोधमा नउत्रिन धम्कीको भाषामा विज्ञप्ती जारी गरेको छ ।

गृह मन्त्रालयले भदौ १८ र २० गते विज्ञप्ति जारी गरेर नागरिकलाई दुई देशीय सम्बन्धमा आँच आउने गरि सडकमा नओर्लन भनेको हो ।

विज्ञप्तिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्ने कार्यले द्विदेशीय सम्बन्धमा आँच आउन सक्ने उल्लेख छ ।

गृह प्रवक्ता फणिन्द्रराज पोलरेलको नाममा जारी विज्ञप्तिको पुछारमा मित्र राष्ट्रका प्रधानमन्त्रीको पुत्ला दहनलाई गैरकानुनी करार गर्दै त्यस्तो काममा लाग्नेलाई कारबाही गरिनेसम्मको चेतावनी दिइएको छ ।

टिप्पणीहरू