अघिल्लो शुक्रबार हिँडेका भारतीय राजदूत अझै उतै

अघिल्लो शुक्रबार हिँडेका भारतीय राजदूत अझै उतै

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भदौ ११ गते शुक्रबार नयाँ दिल्ली गए पनि आजसम्म काठमाडौं फर्कनुभएको छैन । अघिल्लो शुक्रबार एअर इण्डियाको उडान नम्बर एआई २१५ बाट त्यता लाग्नुभएका क्वात्रा नौ दिनसम्म नफर्कनुलाई कूटनीतिक र राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ ।

त्यो दिनको उक्त उडानबाट नेपालका लागि स्लोभाकियाका गैरआवासीय राजदूत इभान इएनकेरिक पनि काठमाडौंबाट नयाँ दिल्ली प्रस्थान गर्नुभएको स्रोतले बताएको छ ।

यता,महाकाली नदी तर्न खोज्दा तुइनको लट्ठा फुस्काएर जयसिंह धामी बेपत्ता भएको सम्बन्धमा जनस्तरबाट चर्को बिरोध भइरहेको छ । केही दिनदेखि भारतीय सेनाको हेलिकोप्टरले नेपाली भूमि र दार्चुला सदरमुकामस्थित सेनाको ब्यारेकमाथि समेत अनाधिकृत उडान गरेको विषय पेचिलो बन्दै गएको सन्दर्भमा क्वात्राको लामो अनुपस्थितिलाई थप अर्थपूर्ण ठानिएको हो ।

टिप्पणीहरू