मीरा श्रीमानले माधवविरुध्द ओलीको मुध्दा हेर्न नभ्याउने

मीरा श्रीमानले माधवविरुध्द ओलीको मुध्दा हेर्न नभ्याउने

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी गठनका विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिटमाथिको सुनुवाई स्थगित भएको छ । आजका लागि पेशी चढेको मुध्दा न्यायाधीशको कार्यव्यस्तताका कारण सुनुवाई स्थगित भएको हो।

टिफिन अगाडि तेश्रो वरियताकी न्यायाधीश मीरा खड्का अर्का न्यायाधीश नहकुल सुवेदीसँगको सँयुक्त इजलासमा रहेको र लगत्तैको पेशीसमेत रहेकोले मुध्दा हेर्न नभ्याइनेमा जाने सर्वोच्च स्रोतले बताएको छ।

अध्यादेशमार्फत एमालेबाट नेकपा एकीकृत समाजवादी जन्मिएको र निर्वाचन आयोगले त्यसलाई कानूनी मान्यता दिएको भन्दै ओलीले भदौ १७ गते आयोग, प्रधानमन्त्री कार्यालय,सभामुख र एकीकृत समाजवादीलाई विपक्षी बनाएर रिट हाल्नुभएको थियो ।

ओलीले दायर गरेको ३ थान रीटमा उत्प्रेषणको आदेशद्वारा पार्टी दर्ता बदर गर्न माग गरिएको छ।

 

टिप्पणीहरू