सुनुवाई भएन माधव माथि केपी ओलीले हालेको मुद्दा

सुनुवाई भएन माधव माथि केपी ओलीले हालेको मुद्दा

अध्यादेशमार्फत एमालेबाट नेकपा एकीकृत समाजवादी जन्मिएको र निर्वाचन आयोगले त्यसलाई कानूनी मान्यता दिएकोविरुद्ध परेको मुध्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुनु पर्नेमा न्याधिस मिरा खड्काको कार्य व्यस्तताले सुनुवाइ नहुने भएको छ । टिफिन अगाडि तेश्रो वरियताकी न्यायाधीश मिरा खड्का अर्का न्यायाधिस नहकुल सुवेदी सँगको सँयुक्त इजलासमा रहेको र लगत्तै आर्र्को पेसी समेत रहेकोले एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोगलाई समेत बिपक्षी बनाई भदौ १७ गते दायर गरेको ३ थान रीट उत्प्रेषण 078-WO-0271,272,273) आज हेर्न नभ्याइनेमा जाने सर्वोच्च श्रोतले जानकारी दिएको छ । एकल इजालास वस्न नसक्दा एमाले अध्यक्ष ओलीको तर्फवाट दायर मुद्धा हेर्न नभ्याइने भएको हो ।

उक्त मुद्धा सर्वोच्चको तेश्रो वरियताकी न्यायाधीश मीरा खड्काको २ नम्बर इजलासमा पेशी चढेको थियो ।

टिप्पणीहरू