मानिसको जीवन र मरणसँग जोडिएका डाक्टर किन यति साह्रै कमजोर ?

मानिसको जीवन र मरणसँग जोडिएका डाक्टर किन यति साह्रै कमजोर ?

चिकित्सा शिक्षा आयोगले केही साताअघि लिएको प्रवेश परीक्षामा अघिल्ला वर्षको तुलनामा थोरै परीक्षार्थी उत्तिर्ण भएका छन् । धेरै परीक्षार्थी फेल भएपछि अहिले बजारमा अनेक टिप्पणी हुन थालेको छ ।

एकथरिले आयोगले परीक्षामा कडिकडाउ गरेका कारण सोचेअनुरुपको नतिजा आउन नसकेको बताएका छन् ।

आयोगले प्रवेश परीक्षाको लागि बि परफ्युजन टेक्नोलोजीमा ५, बिएएमएसमा ८०, बिडिएसमा ५ सय ६५,बिएनएसमा १ हजार ३ सय ५५, बि ओप्टोमेट्रिमा ६७, बिपीएचमा १ हजार ४ सय ४०, बि फार्ममा ८ सय ८२, बिपिटीमा १ सय ५०, बीएससी एमआइटीमा ७१, बीएस्सी एमएलटीमा ४ सय ४५, बीएससी नर्सिङ्मा १ हजार २ सय ४०, बिएएसएलपीमा ६, र एमबीबीएसमा १ हजार ८ सय ३५ सिट खुलाएको थियो ।

जसमध्ये बि परफ्युजन टेक्नोलोजीमा १ सय ९३, बिएएमएसमा ४ सय ९२, बिडिएसमा ४ हजार ५ सय १५, बिएनएसमा ३ हजार ४ सय ७८ जना,बि ओप्टोमेट्रीमा १ हजार १ सय ४० जना,बिपिएचमा २ हजार ६ सय २२,बि फार्ममा ३ हजार १ सय ३६, बिपिटीमा ५ सय ३७, बिएस्सी एमआइटीमा २ सय ८६, बीएससी एमएलटीमा १ हजार, बीएससी नर्सिङ्मा ३ हजार ९ सय ८२, बिएएसएलपीमा ६४, एमबीबीएसमा १० हजार ६ सय ६३ जना गरी कूल ३२ हजार १ सय ८ जनाले परीक्षा दिएका थिए ।

आयोगले लिने प्रवेश परीक्षा नदिएसम्म कुनै पनि विद्यार्थीले चिकित्साशास्त्र पढ्न पाउँदैनन् ।

तीमध्ये बि परफ्युजन टेक्नोलोजीमा ६८, बिएएमएसमा १ सय २३, बिडीएसमा १ हजार ७ सय ९१, बिएनएसमा १ हजार ३ सय ८०, बि ओप्टोमेट्रिमा ३ सय २, बिपीएचमा ५ सय ६५, बि फार्ममा ५ सय ४७, बिपिटिमा १ सय १४, बीएससी एमआइटिमा ३५, बीएससी एमएलटिमा १ सय १८, बीएससी नर्सिङ्मा ५ सय ४, बिएएसएलपीमा १३, एमबीबीएसमा ४ हजार २ सय ९७ जना गरी कूल ९ हजार ८ सय ५७ जना उत्तिर्ण भएका छन् ।

सबैले यसपटकको नतिजा यसअघिका वर्षकोभन्दा निकै खराब भएको बताइरहँदा आयोगले समेत उक्त कुरोलाई स्वीकारेको छ । आयोगका अनुसार तुलनात्मक रुपमा बिपिटीमा धेरै उत्तिर्ण भएका छन् । जसमा ५ सय ३७ जनाले परीक्षा दिएकोमा १ सय १४ जना सफल भएका हुन् ।

आयोगले कम परीक्षार्थी उत्तिर्ण हुनुमा धेरै कुरा सम्बन्धित रहेकाले एउटा पाटोलाई मात्र दोष दिन नहुने प्रतिक्रिया दिएको छ । त्यसमध्ये यो वर्ष कोरोना पनि एक हो । जसका कारण विद्यार्थीको पढाई र परीक्षा दुबैमा सोझो असर परेको बताइन्छ ।

यसबाहेक परीक्षार्थीमा घोक्ने बानी परेकोले पनि नतिजा उत्साहजनक नभएको आयोगका पदाधिकारीहरुले दाबी गरेका छन् । प्रवेश परिक्षाको तयारी गराउने संस्थाले जे पढायो त्यही मात्र घोक्ने बानीले पनि अहिले परीक्षामा उत्साहजनक नतिजा नआएको बताइन्छ ।

पछिल्लो नतिजालाई लिएर धेरैले आयोगको परीक्षा प्रणाली नै परिवर्तन गर्नुपर्ने वा पुनः परीक्षा गर्नुपर्नेसम्मका धारणा बनाएका छन् । तर आयोगले भने विद्यमान प्रणालीअनुसार सबै चल्नुपर्ने अन्यथा,यसले सर्वत्र दीर्घकालीन असर पर्ने जनाएको छ ।

महामारीको कारण सबै जना अनलाइन माध्यमबाट अध्ययन र अध्यापनमा सीमित हुँदा, परीक्षाको तालिका पछाडि धकेलिँदा त्यसको सोझो असर परीक्षामा परेको विज्ञहरु बताउँछन् ।

चिकित्साशास्त्रमा भर्ना हुन सास्ती

पहिले विद्यार्थीहरुले प्रवेश परीक्षा नदिए पनि इन्स्टिच्युट अफ मेडिसिन,केयुसँग सम्बद्ध कलेज, वीर अस्पतालको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० प्रतिशत अंक ल्याएको अवस्थामा मात्र प्रवेश परीक्षामा उत्तिर्ण भएको मानिन्थ्यो ।

त्यसैको नतिजा र नेपाल मेडिकल काउन्सिलले दिएको योग्यता सूचीको आधारमा विद्यार्थीहरु भर्ना हुन पाउँथे । तर पछिल्ला दिनमा सबैलाई प्रवेश परीक्षा अनिवार्य गराइएको छ । आयोगले लिने प्रवेश परीक्षा नदिएसम्म कुनै पनि विद्यार्थीले चिकित्साशास्त्र पढ्न पाउँदैनन् ।

प्रवेश परिक्षाको तयारी गराउने संस्थाले जे पढायो त्यही मात्र घोक्ने बानीले पनि अहिले परीक्षामा उत्साहजनक नतिजा नआएको बताइन्छ ।

पहिलो पटक आयोगले परीक्षा लिएका कारण पनि परिणाममा केही असर परेको हुन सक्ने आँकलन गरिएको छ । आगामी दिनमा राम्रो परीक्षाफलको निम्ति समयमै परीक्षा सञ्चालन गर्नुपर्ने र छात्रवृत्तिको नयाँ व्यवस्थाले विकृति भित्र्याएको महसुस गरिएकाले आयोगले विद्यमान प्रणालीमा आवश्यक सुधार गरेर योग्य उम्मेदवार छान्नुपर्ने बताएको छ ।

आयोगले अन्य मुलुक र नेपालको चिकित्सा प्रणालीको तुलना गर्ने अवस्था नभएकाले त्यसबारे अहिले हतार नगर्न भनेको छ । पछिल्लो समयमा तोकिएको कोटा प्रणालीले योग्य चिकित्सक उत्पादनमा असर परेकाले सो व्यवस्था हटाएर योग्यताको आधारमा पढाई हुनुपर्ने आवाजसमेत उठ्न थालेको छ ।

टिप्पणीहरू