सङगीत रोयल्टी समाज टाट पल्टियाे

सङगीत रोयल्टी समाज टाट पल्टियाे

यातायातका साधनमा गित वजे रोयल्टी उठाउने सम्मको गफ दिने सस्था आफै टाट पल्टीदै छ भन्ने सुन्दा तपाइले नपत्याउन सक्नु हुन्छ । तर तपाइलाइ तथ्यले पत्याउन वाध्य पारीहाल्छ । त्यो सस्था हो , सङगीत रोयल्टी सङकलन समाज । जसका १५९१ त सदस्य मात्रै छन । उक्त सस्था अहिले २ सय ५० प्रतिसत घाटामा रहेको छ ।

समाज श्रोत भन्छ , सस्थाको कुल आम्दानी कुल वार्षिक खर्चको जम्मा ३९ प्रतिसत मात्रै रहेको छ । २०६४ मा स्थापना भएको समाज २०७४ पछि क्रमस ओरालो लाग्दै गएको हो । एक युरोपियन सस्थाको सहायतामा चलेको समाज उक्त सस्थाले सहयोग रोकेपछि टाट पल्टीने अवस्थामा पुगेको हो । समाजले प्रत्येक स्रस्टाबाट २५ प्रतिसत रकम काट्ने गर्दछ । तर आन्तरीक अनियमितताका कारण सस्था टाट पल्टिने अवस्थामा पुगेको हो । देशका गन्ने मान्ने मान्छेहरु नेतृत्वमा रहेपनि सस्था भने कोमामा पुग्न आटेको केहि श्रष्टाहरुले गुनासो गरेका छन । नर्वेजियन सस्था नोर्कोडले पनि सस्थाको पारदर्शितामा प्रस्न उटाउदै सहयोग वन्द गरेको श्रष्टाहरुको आरोप छ ।

एउटा संस्थाको ब्यालेन्स सिटमा २५० प्रतिशत घाटा देखियो भने त्यसको नेतृत्व र व्यवस्थापन कस्तो होला रु त्योपनि कुनै टाट पल्टिएको व्यावसायिक कम्पनी नभएर स्रष्टाहरुको रोयल्टी व्यवस्थापन गर्ने जिम्मा पाएको संस्था । यस्तै उदेकलाग्दो आर्थिक अवस्था र अनौठो ब्यालेन्स सिट लिएर चलिरहेको संस्था हो, संगीत रोयल्टी सङ्कलन समाज नेपाल । जसको गत आर्थिक वर्षको कुल आम्दानी खर्चको ३९ प्रतिशतमात्रै छ ।

संस्थाको व्यवस्थापनको योग्यता औसतमात्रै भैदिएको भएपनि यतिखेर सो संस्थाको खातामा करोडौं रुपैयाँ हुनुपर्ने हो । किनभने, संगीत रोयल्टी सङ्कलन समाज नेपाल गीतकार र संगीतकारको रोयल्टी व्यवस्थापनको उदेश्यसहित स्थापना भएको संस्था हो । यो संस्थामा १५९१ जना संगीतकार तथा गीतकार सदस्य छन् ।

नेपाल प्रतिलिपि अधिकार ऐन, २०५९ बमोजिम वि।सं। २०६४ सालमा स्थापना भएको यो संस्था २०७५ सालसम्म ठिकठाकै चलेको देखियो । कारण के भने त्यतिन्जेल प्रतिलिपि अधिकारसम्बन्धी नर्वेजियन संस्था नोर्कोडले संगीत रोयल्टी सङ्कलन समाज नेपाललाई कार्यालय सञ्चातलन खर्चका लागि आर्थिक सहयोग दिँदै आएको थियो । जब नोर्कोडले आर्थिक सहायता रोक्यो त्यसपछि संस्थाभित्रको बेथिति छताछुल्ल हुन पुग्यो ।

संस्थाको वार्षिक साधारणसभाको उद्घारटन सत्रको पाहुना बनेर आएकी प्रतिलिपि अधिकार रजिष्ट्रारले सभालाई सम्बोधन गर्दै भनिन्, ‘यस्ता प्रतिष्ठित सर्जकहरुको संस्थाले सामान्य नियम, प्रक्रिया र मापदण्ड समेत नगरेको कुरा भन्नर मलाई असजिलो लाग्छ । सार्वजनिक संस्था सञ्चाललनको उदेकलाग्दो अवस्था बुझाउन रजिष्ट्रारको यौटै वाक्य पर्याप्त छ ।

जब साधारणसभाको बन्द सत्र सुरु भयो, जजसले माईक प्रयोग गरेर बोल्न मिल्छ बोल्ने र अर्को पक्षलाई तथानाम आरोप लगाउने अवस्था बन्यो । यसैबीच निकै रस्साकस्सी गर्दै महासचिवले आफ्नो प्रतिवेदन पारित गराईछाडे । जब कोषाध्यक्षको प्रतिवेदन स्रष्टाहरुको हातहातमा पुग्यो जब संस्थाको बिजोग तस्वीर देखियो । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५र७६ मा संस्थाको खर्च आम्दानीको तुलनामा २२५ दशमलव ६२ प्रतिशत, आर्थिक वर्ष २०७६र७७ मा १५४ दशमलव ४२ प्रतिशत र आर्थिक वर्ष २०७७र७८ मा २५० दशमलव ४७ प्रतिशत छ ।

हाल संस्थाले स्रष्टाको रोयल्टीबाट व्यवस्थापन खर्च शीर्षकमा २५ प्रतिशत रकम कट्टी गर्दै आइरहेको छ । आर्थिक प्रतिवेदनमा सो रकम अपुग भएकाले व्यवस्थापन खर्च कट्टी बढाउनु पर्ने विषय पटकपटक उल्लेख गरिएको छ ।

कसरी टाट पल्टियो संस्था ?

सुरुवाती दिनमा नोर्कोडले कार्यालय सञ्चाललनका लागि आर्थिक सहायता प्रदान गर्दै आएकोले अन्य सामान्य खर्चका लागि रोल्यटीबाट कट्टी हुने २५ प्रतिशत रकम पर्याप्त हुने अवस्था थियो । तर, नोर्कोडले आर्थिक सहायता रोक्नेो र संस्थाले रोयल्टी उठाउनका लागि भन्दै अन्धाधुन्ध कर्मचारी भर्ने गर्ने काम एकैसाथजस्तो सुरु भयो । त्यतिमात्रै नभएर संस्थाको नेतृत्व र व्यवस्थापनले बेरीतको खर्च गर्ने क्रम पनि ह्वा त्तै बढ्यो ।

यातायात क्षेत्रबाट रोयल्टी उठाउने महत्वाकांक्षी योजनाको प्रभावकारी कार्यान्वयन हुन सकेन । जति रोयल्टी उठ्यो त्योपनि प्रष्टरुपमा स्रष्टालाई वितरण गर्न नसक्दा भुक्तानीमा व्यवस्थापन खर्चबापत कट्टी गरिने रकमको स्रोतसमेत बन्द भयो । संस्थाको लागि यातायात साधनमा कुन स्रष्टाको गीत कति समय र कुन स्थानमा प्रयोग हुन्छ र केका आधारमा रोयल्टी दिने रु भन्नेस छुट्याउनु सबैभन्दा गाह्रो काम हो । संस्थाले रोयल्टी अभियानको सुरुवात नै सबैभन्दा गाह्रो क्षेत्रबाट गर्योभ । त्यतिमात्रै नभएर नियमितरुपमा आईरहेको सीआरबीटी समेत डिजिटल प्रविधिले फड्को मारेसँगै आउन छाड्यो ।

त्यहीबीचमा संस्थाको नेतृत्व दुई खेमामा विभाजित भएर एकले अर्कालाई खुइल्याउने र ससाना कुरामा अड्को थाप्नेी ध्याउन्नृमा लाग्यो । बिरलै हुने सभामा कसले बैठक भत्ता कति लियो र कार्यक्रममा कुन शीर्षकमा कति रकम खर्च भयो जस्ता विषयमा बाझाबाझ हुन थाल्यो ।

यतिखेर संस्थामा भएको बेथितिको अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको, बेरीतपूर्वक भएको खर्चको हिसाब मिल्ने र विवाद टुङ्गिने सम्भावना निकै नै कठिन भएको अवस्थाबाट संस्था गुज्रिरहेको छ । सोही कारणले गर्दा करोडौं रुपैयाँ ब्यालेन्स हुनुपर्ने संस्थाको साख क्रमशः गिर्दै गइरहेको छ । आआफ्नो सांगितिक कर्ममा अब्बल भनेर चिनिएका श्रष्टा, सर्जक आफ्नै हितका लागि खोलिएको संस्थाको व्यवस्थापन सही ढङ्गले गर्न नसक्दा बदनाम भइरहेका छन् ।

 

टिप्पणीहरू