बिहानैदेखि प्रधानमन्त्री र ठूलाबडा विष्णुमती किनारमा

बिहानैदेखि प्रधानमन्त्री र ठूलाबडा विष्णुमती किनारमा

प्रधानमन्त्री शेरबहादुर देउवाले विष्णुमती करिडोरमा वृक्षारोपण गर्नुभएको छ । निजामती सेवा दिवसको उपलक्ष्यमा राष्ट्रसेवक वृक्षारोपण कार्यक्रम गरिएको हो ।

काठमाडौं महानगरपालिका १३ नम्बर वडामा पर्ने विष्णुमती लिंकरोडमा भर्खरै रुख रोप्ने कार्य सम्पन्न भएको छ । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँड,मुख्य सचिव शंकरदास बैरागी,कार्यवाहक प्रधानसेनापति प्रभुराम शर्मा र प्रहरी महानिरीक्षक शैलेश थापाको उपस्थिति थियो ।

त्यस अवसरमा पाहुनालगायत झण्डै ५० जनाले विभिन्न जातका बिरुवा रोपेका हुन् ।

टिप्पणीहरू