मर्निङ वाकको समयमा नारा,जुलुश

मर्निङ वाकको समयमा नारा,जुलुश

अहिले बिहान नेपाल प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गण अगाडि कोरोनाविरुद्धको खोपको माग गर्दै नाराबाजी भएको छ । कतार,मलेसियालगायत विभिन्न मुलुकमा रोजगारीको निम्ति जान तयार भएका झण्डै ६० जनाले अमेरिकी जोन्सन खोपको माग गर्दै नाराबाजी गरेका हुन् ।

एक डोज लगाए पुग्ने खोप लगाएर विदेश जाने व्यवस्था गर्न उनीहरुले सरकारसँग माग गरेका छन् । प्रदर्शनकारीहरु त्यहाँबाट माइतीघर पुगेर खोप लगाउन पाउनैपर्यो भन्दै नारा लगाइरहेका छन् ।

टिप्पणीहरू