बिक्रीका लागि लैजाँदै गर्दा दुई बोरा गाँजा बरामद

बिक्रीका लागि लैजाँदै गर्दा दुई बोरा गाँजा बरामद

मकवानपुरमा बेच्न दुई बोरा गाँजासहित दुई जना समातिएका छन् । मनहरी गाउँपालिका-५ जयसिङबाट प्रहरीले दुई बोरा गाँजासहित डिल्लीपुरका ४ वर्षीय रामचन्द्र मोक्तान र २२ वर्षीय अर्जुन लोलाई समातेको हो।

२ वटा बोरामा करिब ४० किलो अवैध गाँजा लिएर सडकमा शंकास्पद रुपमा हिँडिरहेका अवस्थामा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यता,मोरङमा पनि साढे ४ किलो गाँजासहित एकजना समातिएका छन् । बेलबारी नगरपालिका-५ कसेनीका ६१ वर्षीय लवनारायण भन्ने राजनारायण माझीलाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

उनले घरबाट गाँजा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले कञ्चनपुरबाट खैरो हेरोइन पनि बरामद गरेको छ । २५ वर्षीय सागर चन्द र २८ वर्षीय उमेश साउदलाई २८ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित प्रहरीले भीमदत्त नगरपालिका ६ शान्तिटोलबाट समातेको हो ।

चन्द र साउदमाथि शंका लागी चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू