आज पनि संक्रमित र निधनको संख्या उस्तै

आज पनि संक्रमित र निधनको संख्या उस्तै

कोरोना संक्रमणबाट निधन हुने र संक्रमितको संख्या पछिल्लो केही सातादेखि दैनिक औसत उस्तै देखिएको छ । आज पनि मुलुकभर २६ जनाको ज्यान गएको छ । त्यसैगरी २ हजार ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय २ जनामा पीसीआर तथा ४ हजार ६ सय ७२ जनामा एन्टिजेन गरी १४ हजार ३ सय ७४ जनामा परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा १ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ३८ हजार ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू