मंगलादेवीलाई माल्यार्पण, कार्यालयमा धर्ना कायम

मंगलादेवीलाई माल्यार्पण, कार्यालयमा धर्ना कायम

आज नेपाली काँग्रेसकी नेतृ मंगलादेवी सिंहको २६ औं स्मृति दिवसको उपलक्ष्यमा माल्यार्पण कार्यक्रम राखिएको छ । लौहपुरुष गणेशमान सिंहकी अर्धाङ्गिनी मंगलादेवीको शोभाभगवतिस्थित शालिकमा माल्यार्पण कार्यक्रम राखिएको छ ।

उता नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा आज पनि धर्ना जारी छ । कैलाली र रौतहट जिल्लामा वितरित क्रियाशील सदस्यतामा भएको धाँधलीविरुद्ध पार्टी कार्यालयमा बिहान ९ बजेदेखि धर्ना शुरु भएको हो । हिजोदेखि नुवाकोट, काभ्रेपलाञ्चोकलगायत जिल्लाका काँग्रेस सभापतिहरुले पनि अनशन र धर्नामा ऐक्यबद्धता जनाएका छन् ।

आजै बिहान व्यवसायीहरूले इन्धन ढुवानीको भाडा बृद्धि हुनुपर्ने माग राख्दै बिरोध कार्यक्रम गर्ने भएका छन् । उनीहरुले बिहान ९ बजेपछि आयल निगमको थानकोटस्थित डिपोमा बिरोध गर्न लागेका हुन् ।

आज पनि नेपाल टेलिकम र नेपाल वायुसेवा निगमका कर्मचारीले धर्ना र बिरोध कार्यक्रम राखेका छन् ।

आज संसदको राज्य व्यवस्थापन तथा सुशासन समितिको बैठक,शिक्षा तथा स्वास्थ्य समितिको बैठक र कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक समितिको सभाकक्ष, सिंहदरबारमा बस्ने जनाइएको छ । तीन वटै बैठक बिहान ११ बजे, साढे ११ बजे र दिउँसो डेढ बजे बस्ने छन् ।

उता,नेकपा (माओवादी केन्द्र) नागार्जुन वडा नम्बर ७ कमिटीले वडा भेला बोलाएको छ । स्थानीय हसनटार गुम्बासँगैको रिसोर्टमा बिहान ११ बजे भेला बोलाइएको हो ।

वाईसिएल नेपालले भदौ १२ र १३ गते आयोजना गर्न लागेको राष्ट्रिय भेला तयारी शुरु भएको छ । भेला नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय,पेरिसडाँडामा दिउँसो १ बजे हुने छ ।

यता राष्ट्रिय युवा संघ नेपालले बृहत् राष्ट्रिय वृक्षरोपण कार्यक्रम २०७८ को समापन गर्दैछ । कार्यक्रम चोभार हाइट,कीर्तिपुरमा दिउँसो २ बजे हुनेछ ।

टिप्पणीहरू