आज संक्रमित र निधन दुबै बढ्यो, २५ सय संक्रमित हुँदा ३५ को मृत्यु

आज संक्रमित र निधन दुबै बढ्यो, २५ सय संक्रमित हुँदा ३५ को मृत्यु

आज कोरोना संक्रमणका कारण मुलुकभर ३५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २ हजार ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय ९ जनामा पीसीआर तथा ४ हजार ९ सय १ जनामा एन्टिजेन गरी १४ हजार ८ सय १० जनामा परीक्षण गरिएको थियो ।

यस्तै सो अवधिमा २ हजार ८६ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ३८ हजार २ सय ५० जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू