नयाँ पार्टीको बैठक जारी,भोलि सनाखतको तयारी

नयाँ पार्टीको बैठक जारी,भोलि सनाखतको तयारी

निर्वाचन आयोगमा दल दर्ताको क्रममा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीको दोस्रो दिनको बैठक आज बिहानैदेखि चन्द्रागिरी हिल्समा शुरु भएको छ । बैठकमा पार्टीको अन्तरिम विधान, घोषणापत्र र नियमावलीमाथि केन्द्रीय सदस्यहरुले छलफल गरेको बताइएको छ ।

प्रस्तावित पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई नयाँ पार्टी दर्ताका लागि २० प्रतिशत केन्द्रीय सदस्य पुर्याउनु पर्ने हुन्छ । बैठकमा सहभागी एक नेताका अनुसार झण्डै पाँच दर्जन केन्द्रीय सदस्य र ३२ जना संघीय सांसदको सहभागिता रहेको छ ।भोलि निर्वाचन आयोगमा सनाखत गर्न जाने केन्द्रीय सदस्यहरु हिजो दिउँसोदेखि चन्द्रागिरी रिसोर्ट पुगेका हुन् । आजको बैठकले विधान, घोषणापत्र र नियमावली पारित गरेपछि भोलि त्यहाँबाट सनाखतका लागि सोझै आयोग जाने तयारी छ ।

टिप्पणीहरू