कारागारका सबै बन्दीलाई कोरोना

कारागारका सबै बन्दीलाई कोरोना

कारागार, अर्थात् आपराधिक कसुरमा संलग्न व्यक्तिलाई सुधार्नका निम्ति कैद गरिने ठाउँ नेपालको सन्दर्भमा भने उल्टै अपराधी उत्पादन गर्ने केन्द्रमा परिणत हुँदैछ ।

दुःखको समाचार के छ भने, अव्यवस्थाका कारण मकवानपुरस्थित भीमफेदी कारागारका सम्पूर्ण अर्थात् तीन सयमा तीन सय नै कैदी–बन्दीमा अहिले कोभिड– १९ को संक्रमण देखिएको छ । यसो हुनुको कारण हो, सुधारका कार्यक्रमभन्दा बिलासीका काम बढी हुनु । कैदी–बन्दीलाई छुट्टीमा छाडिदिने, उपचारका नाममा हप्तौँसम्म अस्पताल बस्न छूट दिइनेजस्ता गतिविधिले गर्दा भीमफेदी कारागारको अवस्था कहालिलाग्दो बनेको बताइन्छ । त्यसमाथि जेलभित्रै अपराधीहरूको कनेक्सन बन्ने र बाहिर विभिन्न आपराधिक गतिविधि हुने कुरामा पनि भीमफेदी बद्नाम छ ।

कारागारभन्दा कहालिलाग्दो देखिन्छ, विभिन्न दुव्र्यसनबाट सुधार गरिनुपर्ने व्यक्तिहरूको रेखदेख गर्ने सुधारगृह (रिह्यावटेशन सेन्टर) को विषय । नेपालमा लागु औषध (मदिराबाहेक) सेवन गर्नेको संख्या वर्षेनी बढ्दो छ । गाँजा, ब्राउन सुगर, विभिन्न एलोपेथिक औषधी (डेनड्राइभ लगायतका), कोकिन सेवन गर्नेहरूको संख्या ६ लाख करिब छ । त्यसमध्ये २ लाख ५० हजारलाई उपचारको आवश्यकता छ ।

समयमा उपचार भएन भने उनीहरू कि बहुलाउँछन् कि घर–परिवार सिध्याउने तहका आपराधिक कसुरमा संलग्न हुन्छन् । त्यसमा पनि वर्षेनी ३० हजार दुव्र्यसनी थपिने गरेछन् । नेपालमा लागुऔषध दुव्र्यसनीको उपचार क्षमता ५ देखि ६ हजारलाई मात्रै छ ।

सरकारले सञ्चालन गरेका कुनै पनि सुधार गृह छैनन् । नेपाल प्रहरीले रानीबारीमा सञ्चालन गरेको आसरा सुधार केन्द्र पनि एनजिओतिर लागेका वहालवाला र भूपू हाकिमहरूले चुसेर सिध्याइसकेका छन् । तर, भारतमा ३ सय सुधारकेन्द्रलाई सरकारले प्रायोजन गरेको छ ।

युरोपमा दुव्र्यसनीहरूले सुधार केन्द्रमा तिर्नुपर्ने रकम स्थानीय इकाईले तिरिदिन्छ । ती देशमा कि विरामीसँग वीमा छ, कि सरकारले तिरिदिन्छ । नेपालमा चाहिँ न सरकार सुधार केन्द्र चलाएको छ, न त वीमाकै व्यवस्था छ । स्वीजट्रल्याण्डले दुव्र्यसनीका हकमा होटलमा बसेकोदेखि रेष्टुरेण्टमा खाएकोसम्म रकम स्थानीय तहले तिरिदिन्छन् । नेपालमा चाहिँ एनजिओले जति गरे, त्यति मात्र हुन् ।

दुव्र्यसनी बढेसँगै अपराध ८० प्रतिशतले बढेको छ । त्यसमा पनि घरेलु हिंसाका घटनामा ९८ प्रतिशत ती कारक बनिरहेका छन् । लागुऔषध दुव्र्यसनीले नेपालबाट वर्षेनी २० अर्ब रुपैयाँ बाहिर लैजान्छन् वा पठाउँछन् । नियमित सेवनकर्तामध्ये दुई लाखले प्रतिव्यक्ति, प्रतिदिन २ सय खर्च गरे पनि ६० लाख हुन्छ । यसभित्र महिला दुव्र्यसनीको संख्या ३६ देखि ४० हजार छ । त्यसमाथि अभिन्न छिमेकीका रुपमा रहेको भारतको मुनाफाखोर ग्याङले सीमामा फेन्सिडिल बनाएर नेपाल पठाउँछ, भारतमा चाहिँ प्रतिबन्ध लागेको छ ।

टिप्पणीहरू