विष्णु पौडेलले हिसाब देखाएपछि ओली तयार,ओलीले मानेपछि तेस्रो धार तम्तयार

विष्णु पौडेलले हिसाब देखाएपछि ओली तयार,ओलीले मानेपछि तेस्रो धार तम्तयार

माधव नेपालको बिद्रोहलाई साथ नदिएर तेस्रोधार बनाएका नेताहरु अन्तत: एमालेमै रहने भएका छन् । १० बुँदे कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओली तयार भएपछि विगतमा माधव नेपाल समूहमा रहेका स्थायी कमिटीका नेताहरु एमालेमै रहने निष्कर्षमा पुगेका हुन् ।

ओली निवास बालकोटमा बिहानैदेखि छलफलमा जुटेका तेस्रोधारका नेताहरुले पार्टी एकताका लागि १० बुँदे कार्यान्वयनमा ओलीको प्रतिवध्दता खोजेका थिए । तेस्रोधारको माग सम्बोधन गर्न ओली तयार भएपछि भोलि नै २०७५ जेठ २ को स्थायी कमिटीको बैठक बोलाउने सहमति जुटेको बताइएको छ ।

तेस्रोधारका एक नेताले भोलिको बैठकमा सहभागी हुने निश्चित भएको बताए । उनले १० बुँदे सहमति कार्यान्वयनको ग्यारेन्टी गर्ने गरी बैठकले महत्वपूर्ण निर्णय लिने दाबीसमेत गरे ।

ओली माधवसँग गएका ५० जना हाराहारी केन्द्रीय सदस्यमा माओवादीबाट आएकालाई थप्ने र त्यसअघि जेठ २ को कमिटी बसेर निर्णय गर्न सकिने पौडेलको सुझावपछि ‘त्यसो भए ठीक छ’ भन्नेमा पुग्नुभएको बताइन्छ ।

यसअघि अध्यक्ष ओलीले पार्टी विभाजनमा पुगिसकेकाले १० बुँदेको औचित्य नरहेको आशयका अभिव्यक्ति दिएपछि पार्टी मिलाउन भन्दै ओलीपक्षका केही नेताको दौडधुप बढेको थियो । जानकार स्रोतले बताएअनुसार पछिल्लो सहमति जुटाउन उपमहासचिव विष्णु पौडेलले निर्णायक भूमिका खेल्नुभएको हो । हिजो राति अबेरसम्म बालकोटमै बसेर पौडेलले ओलीलाई १० बुँदे कार्यान्वयनका लागि राजी गराउनुभएको बताइन्छ ।

स्रोतका अनुसार महासचिव ईश्वर पोखरेल,ओलीका विश्वासपात्र मानिएका शंकर पोखरेल,सुवास नेम्वाङ, प्रवक्ता प्रदीप ज्ञवालीले समेत जानकारी नपाउने गरी भएको भेटघाटमा पार्टी विभाजनले निम्त्याउने सम्भावित परिस्थिति र तेस्रो धारलाई रोक्न सक्दाको फाइदाबारे मिहिन हिसाब निकालिएको थियो । बताइएअनुसार पौडेलले तेस्रोधारलाई माधव नेपालको कित्तामा राखेर हेर्न नहुनेमा जोड दिनुभएको थियो ।

माधव छुट्टिएर गैसकेकाले उहाँ पक्षका भनिएकाहरुलाई त्यहि कित्तामा राखेर हेर्न नहुने पौडेलको आग्रहमा ओली अन्तत: सहमत भएपछि आजको भेटघाट जुरेको हो । यसअघि हिजो भीम रावलले छलफलका लागि समय माग्दा ओलीले बेवास्ता गरेको समाचार बाहिरिएको थियो । त्यसपछि नै पौडेलले ओलीलाई मनाएको जानकार स्रोतले दाबी गरेको छ ।

अन्तिमसम्म पौडेलको कुरामा कन्भिन्स नहुनुभएका ओली माधवसँग गएका ५० जना हाराहारी केन्द्रीय सदस्यमा माओवादीबाट आएकालाई थप्ने र त्यसअघि जेठ २ को कमिटी बसेर निर्णय गर्न सकिने पौडेलको सुझावपछि ‘त्यसो भए ठीक छ’ भन्नेमा पुग्नुभएको बताइन्छ ।

टिप्पणीहरू