लेखनदासले सुब्बामाथि मुठ्ठी कसेपछि मालपोतमा बबाल « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

लेखनदासले सुब्बामाथि मुठ्ठी कसेपछि मालपोतमा बबाल

प्रकाशित मिति :  ५ भाद्र २०७८, शनिबार २०:४५


मालपोत कार्यालय धादिङका एक जना नायव सुब्बामाथि लेखनदासले दुर्ब्यवहार गरेपछि नेपाल निजामती कर्मचारी युनियनले आपत्ति जनाएको छ ।

धादिङस्थित मालपोत कार्यालयमा एक कर्मचारीमाथि भएको दुर्व्यहारको घटनाप्रति नेपाल निजामती कर्मचारी युनियनले आपत्ति जनाएको छ । लेखापढी व्यवसायीले सुब्बामाथि दुर्ब्यवहारको प्रयास गरेकोमा आपत्ति जनाउँदै युनियनले कानुनी कारबाहीको माग गरेको हो ।

सुब्बा महेन्द्र पोखरेलमाथि लेखापढी व्यवसायीले गालीगलौज तथा हातपातको प्रयास समेत गरेको युनियनले बताएको छ ।

युनियनले राष्ट्रसेवक कर्मचारीहरुको आत्मसम्मानमा आँच पुग्नेगरी भएको घटनाका दोषीलाई कारबाही गरी कर्मचारीको मनोबल उच्च बनाउन समेत माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस !