१२ वर्षीय बालिकालाई सामुहिक करणी गर्नेहरु पक्राउ

१२ वर्षीय बालिकालाई सामुहिक करणी गर्नेहरु पक्राउ

हुम्लामा एक बालिकालाई जबरजस्ती गरेको आरोपमा दुई जना जना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हुम्ला सर्केघाट गाउँपालिका ७ का १९ वर्षीय प्रकाश जैशी र २० वर्षीय रामकृष्ण जैशी पक्राउ परेका हुन् ।

जैसी दाजुभाइले ती बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नगरपालिका-१२ नेवारेस्थित खुल्ला चौरमा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

त्यस्तै, ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवलमा एक जना समातिएका छन् । बुटवलको हरियाली बस्ति बस्ने बर्दिया राजापुर-६ टपराका ३३ वर्षीय निर्मल चौधरी हिजो राति समातिएका हुन् ।

बालिकालाई जबरजस्ती करणी गरेको पत्ता लाग्नासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू