बिदेशबाट बिप्लवलाई बेद बोहराको खुल्ला पत्र

बिदेशबाट बिप्लवलाई बेद बोहराको खुल्ला पत्र

कमरेड नेत्रबिक्रम चन्द “बिप्लव”
नेकपा, हेडक्वार्टर

कमरेड,तपाइँलाई थुप्रै पत्र लेखियो । पुग्यो पुगेन थाहा भएन । कुनै रेस्पोन्स पनि आएन । सायद पुगेन होला । बीचैमा हाम्रो पत्रहरु अलपत्र परेजस्तो लाग्यो । मलाई थाहा छ,तपाइँ एउटा सम्भावना बोकेको नेता हुनुहुन्छ । तपाइँसंग मजदुरहरुको क्याम्प क्याम्पमा गएर मजदुरहरुले पकाएका खानाहरु सङ्गै खाएको छु । तपाइँको इमान्दारितामा प्रश्न उठाउने ठाउँ खासै देख्दिन । तर क्रान्तिलाई अगाडि बढाउने सवालमा तपाइँ मात्रै सक्षम भएर हुँदैन । सिङ्गो टिम सक्षम हुनुपर्छ । तपाइँको टिमका केही कमरेडहरुको क्षमतामाथि आज प्रश्न उठाउन बाध्य भएका छौं ।

यो खुल्ला पत्र मैले आफ्नो ज्यान माया मारेरै लेखिरहेको छु । यो भन्दा अगाडि पनि थुप्रै भौतिक आक्रमणका धम्किहरुको सामना गरिसकेको छु । यध्यपि जे लेख्नेछु,मेरो ब्रमाहले सत्य ठानेका कुराहरु नै लेख्नेछु । तर लेख लेख्नु अघि तपाइँलाई केही बिषयगत प्रश्न गर्न चाहन्छु ।

कतिपय ब्यक्तिहरु सुन तस्कर र मानव तस्कर भएकाले ती ब्यक्तिहरुलाई कारबाही गर्नुपर्छ भन्ने कुरा हामीले उठायौं ।

– के संगठनभित्र लुकेर सुन तस्करी गरिरहेकाहरुलाई कारबाही गर्नुपर्छ भन्ने कुरा गलत हो ?
– के मानव तस्करहरुलाई संगठनबाट निलम्बन गर्नुपर्छ भन्ने कुरा गलत हो ?
– मजदुरहरुले उठाएको लेबीबाट नेताहरुलाई टिभी,ल्यापटपजस्ता सामानहरु किनेर प्रभावमा नपारौं भन्नु गलत हो ?
– दुई दुई बर्षसम्म जिल्ला समितिको बैठक बोलाउन नसक्ने नेतृत्वको आलोचना गर्नु गलत हो ?
– के २७ जनाको जिल्ला समितिमा २० जनालाई कारबाही गरेर निश्कासन गर्नु गलत थिएन ?
– बिभागले पठाएका सर्कुलरहरु आफू अनुकूल प्रयोग गर्नु गलत होइन ?
– आफ्नो प्रभुत्व सिध्द गर्न कुवेत मोर्चाको नक्कली आइडी बनाएर भ्रामक प्रचार गर्न मिल्छ ?

प्रिय कमरेड,
माथिका प्रश्नहरु यदि सहि थिए भने कमरेड कन्चनले मलाई कसरी कथित भनेर बक्तब्यमा किटान गर्नुभयो ? यदि एकीकृत क्रान्तिले ती प्रश्नहरुलाई जायज मान्छ भने एकजना जिल्ला सदस्यलाई कारबाही किन गरियो ?

अनि एउटा भुइँ मान्छेको चरित्रहत्या गर्न,एउटा समर्थकलाई थुचुक्कै पार्न एकै मितिमा दुई दुई पटक बक्तब्य कसरी निकालियो ? बिभागको लेटरप्याड त एउटै हुने होइन र ? अनि फरक फरक फोन्ट भएको लेटरप्याड कसरी आयो ? जबकि चलानी नम्बर एउटै छ,पत्र संख्या एउटै छ । र,दुईटैमा कन्चन कमरेडको हस्ताक्षर छ । दुइटै पत्र तल छ,हेर्नुहोला ।

कमरेड रमेश गिरीले जिल्ला समितिको ग्रुपमा लेबी रिसिभ गरेको प्रमाण दिनेगरी नेताहरुलाई टेलिभिजन पठाइदिने प्रस्ताव ल्याउनु भएछ ।

तपाइँ अहिले सामाजिक सन्जालमा छरपस्ट बक्तब्यबाजी देखिरहनु भएको छ ? एकपटक इतिहासतर्फ लागौं । यो विवाद अहिलेको होइन,पुरानै हो ।

प्रचण्ड कमरेडसंग सम्बन्ध बिच्छेद गरिसकेपछि मध्यपूर्वका देशहरुमा आस्थाको आधारमा वैदेशिक शाखाहरु पनि बिभाजित भए । बैध्य कमरेडका समर्थकहरुले नेपाली जनप्रगतिशील मोर्चा गठन गरे । त्यसको केही महिनाभित्रै “नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्व” निर्माण गरिने भयो तर युएईका तत्कालिन मोर्चा अध्यक्ष कमरेड रमेश गिरी र साउदी मोर्चाका तत्कालिन अध्यक्ष बिक्रम पौडेलको बीचमा नेतृत्वको बिषयलाई लिएर विवाद भयो । त्यही विवादकै कारणले मध्यपूर्व गठन हुन सकेन ।

२०१८ मा मध्यपूर्व जिल्ला समिति गठन भयो । त्यसपछि कतार मोर्चामा विवाद देखियो । त्यो आन्तरिक मोर्चाको विवाद थियो । मोर्चाभित्र रहेका कतिपय ब्यक्तिहरु सुन तस्कर र मानव तस्कर भएकाले ती ब्यक्तिहरुलाई कारबाही गर्नुपर्छ भन्ने कुरा हामीले उठायौं ।

दुई बर्षपछि थाहा पायौं कि २७ जना जिल्ला सदस्यमा २० जनालाई कारबाही गरेर समितिलाई ७ जनामा सिमित पारिएछ ।

यो बीचमा कमरेड रमेश गिरीले जिल्ला समितिको ग्रुपमा लेबी रिसिभ गरेको प्रमाण दिनेगरी नेताहरुलाई टेलिभिजन पठाइदिने प्रस्ताव ल्याउनु भएछ । त्यस बिषयमा पनि डटेर संघर्ष गर्‍यौं । यहि कारण कतारमा दुई लाइन संघर्ष उत्कर्षमा पुग्यो । त्यसपछि कमरेड रमेश गिरीको गुटले हामी मोर्चाका बहुसंख्यक कमरेडहरुलाई कारबाही गर्‍यो । त्यसपछि कमरेड साजन गुरुङको नेतृत्वमा कतारमा समानान्तर कमिटी बनायौं ।

कतारको समस्या चुलिएपछि साउदी र युएई मोर्चाले हस्तक्षेप गर्‍यो । साउदी र युएई मोर्चाले हाम्रो एजेन्डामा समर्थन जनायो । विवाद मिलाउन यी दुई देशका मोर्चाहरुले कमरेड रमेश गिरीलाई दबाव दिन थाले । तर समस्या समाधान हुने देखिएन । त्यसपछि युएई र साउदीका जिल्ला सदस्यहरुले जिल्लाको बैठक बोलाउन ताकेता गरे । उहाँले बैठक छल्दै जानु भो । त्यो दुई बर्ष बित्यो । दुई बर्षपछि थाहा पायौं कि २७ जना जिल्ला सदस्यमा २० जनालाई कारबाही गरेर समितिलाई ७ जनामा सिमित पारिएछ । कारबाहीमा परेका कमरेडहरुलाई कुनै जानकारी समेत दिइएको थिएन । त्यसपछि युएई मोर्चा र साउदी मोर्चाले कतारको समानान्तर कमिटीसंग मिलेर काम गर्न थालेको हो ।

पछि बिशेषत: युरोप,साउदी र युएईको पहलमा मोर्चालाई एकताबध्द बनाउने काममा जोड दियौं । सफल पनि भयौं तर कमरेड गिरीले कमिटीमा आफ्नो बहुमत स्थापित गर्न फेरि हामी माथि राजनीति गर्नुभयो । केन्द्रको सर्कुलर भनेर युएई मोर्चाका उपाध्यक्ष कमरेड आक्रोशलाई जिल्लाबाट एरियामा झार्नु भयो । तर सोही सर्कुलरचाहिँ कतारमा लागू गर्नु भएन ।

केन्द्रको सर्कुलर भनेर युएई मोर्चाका उपाध्यक्ष कमरेड आक्रोशलाई जिल्लाबाट एरियामा झार्नु भयो । तर सोही सर्कुलरचाहिँ कतारमा लागू गर्नु भएन ।

त्यसपछि पनि कतारको समस्या समाधान गर्नु भएन । कतारमा दुई लाइन संघर्ष जस्ताको तस्तै रह्यो । यी यावत बिषयमा छलफल गर्न युएई र साउदीले जिल्ला समितिको बैठक बोलाउन फेरि ताकेता गरे । बैठक त बोलाउनु भो तर प्राविधिक समस्या भनेर स्थगित गर्नु भयो । र,उहाँ नेपाल जानुभो ।कमरेड गिरी नेपाल छँदै उहाँको गलत सर्कुलरको कारणले एकजना कमरेडलाई कारबाही गरेको बक्तब्य आयो । कमरेड गिरीले गरेको त्यस प्रकारको अराजक गतिविधिको परिणामस्वरूप मोर्चाका बहुमत कमरेडहरुले उहाँलाई निलम्बन गरे । त्यसपछि मेरो चरित्रहत्या गर्न आफूले पहुँच राखेका सबै मिडियामा प्रचारबाजी गरिरहनुभएको छ ।

अन्तिममा म केही प्रश्न राख्न चाहन्छु । के सामान्य लजिस्टिकमा र्याल चुहाउने र गलत मान्छेहरुको रबैया ढाकछोप गर्न आफू मातहतका सदयहरुलाई कथित भन्ने ब्यक्तिहरुबाट हाम्रो एकीकृत क्रान्तिको सपना पूरा होला ? हाम्रो देशमा भ्रष्टहरुको कमि छैन,अरु भ्रष्ट नेताहरु किन जन्माइरहेछौं ? किन ? किन ?
धन्यवाद !

बेद बोहरा
संयोजक
नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्व ।

टिप्पणीहरू